Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

डाक्टरको लापर्वाहीका कारण सुत्केरीको मृत्यु


विराटनगरको नोबेल अस्पतालमा सुत्केरीको मृत्यू भएपछि तनाव भएको छ । मोरङको कटहरीकी लक्ष्मी कामतको अस्पतालका डाक्टरको लापर्वाहीका कारण मृत्यु भएको भन्दै आफन्त आन्दोलित बनेका छन् । 

२२ वर्षीया लक्ष्मी कामतको अस्पतालका डाक्टरहरुको लापर्वाहीका कारण मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएका छन् । 

साउन १ गते सकुशल रुपमा अस्पताल आएकी लक्ष्मीको २ गते अप्रेशन गरिएको थिया । उनको शिशु कमजोर भएको भन्दै चिकित्सकले आइसियूमा भर्ना गरेका थिए । शिशुलाई आइसियूमै पुगेर उनले स्तनपान गराएको तर एक्कासि सुत्केरी भएको  ११ दिनपछि कामतलाई बिहिबार अस्पतालले अकस्मात मृत्यु भएको घोषणा गरेपछि आफन्तले विरोध जनाएका हुन् ।

नोबेल मेडिकल कलेजको मूल ढोकामा बसेर नोबेल मेडिकल कलेज मुर्दाबाद, सुनील शर्मा मुर्दाबाद, लापर्वाही गर्ने डाक्टरलाई कार्वाही गर लगायतका नाराबाजी गरेका छन् ।

मृतककी सानीमाले भने अहिलेसम्म आफूहरुलाई छोरीसँग र बच्चासँग भेटन नदिएको बताएकी छिन् । सकुशल आएकी आफ्नी छोरीको डाक्टरको लापर्वाहीका कारण मृत्यु भएको भन्दै उनी भावविवल बनेकी थिइन् ।
यता लक्ष्मीका छिमेकीहरुले पनि नियमीत रुपमा उनले डाक्टरलाई आफ्नो स्वास्थ्य परिक्षण गराएको बताउदै अवस्था सामान्य रहदा रहदै डाक्टरको चरम लापर्वाहीका कारण मृत्यु भएको बताएका छन् ।

दिउँसो दुवै पक्षका बीच वार्ता भएको बताउदै मृतकका छिमेकीले अस्पताल प्रसासनले उपचारमा संलग्न डाक्टरलाई कार्वाही नगर्ने भनेपछि आफूहरु हिडेको बताएका छन् । उनले आफूहरुले लापर्वाही गर्ने डाक्टरलाई कार्वाही गर्न मात्र माग गरिएको र कार्वाही नभएसम्म लाश नउठाउने बताएका छन् ।
अर्कातिर अस्पताल मा आमा सुरक्षा कार्यक्रम लागु गरिएको हुदा प्रसुति गराउन रकम लिन नपाउने ब्यबस्था रहेको छ , मृतक परिवारसंग करिव १ लाख रुपैया असुल गरिएको पीडितले बताएका छन्। 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget