Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

ब्रेक लगाउँदा पछाडि बसेकी महिला उछुट्टिएर ट्रकको चक्कामा पर्दा मृत्यु

चितवन, असार २६ गते । नारायणगढ–मुग्लिन सडकखण्डको कविलास गाउँ विकास समिति वडा नं २ सिमलतालमा आज बिहान ट्रकको चक्कामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । 

ट्रकलाई उछिन्ने क्रममा अगाडिबाट माइक्रोबस आएपछि एक्कासि ब्रेक लगाउँदा मोटरसाइकल पछाडि बसेकी महिला उछिट्टिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला केरौजी गाविस–५ की २४ वर्षीया लालमायाँ गुरुङ रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको ना४ख ८२४५ नंको ट्रकमा सोही दिशातर्फबाट आउँदै गरेको बा६८प १२१८ नंको मोटरसाइकलले उछिन्ने क्रममा महिला उछिट्टिएर ट्रकको पछाडिको चक्कामुनि परेर मृत्यु भएको हो ।

मोटरसाइकल चालक सकुशल रहेका छन् भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget