Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भारतमा आतंकवादी हमलाको खतरा, युरोपमाजस्तै हमला गर्न अल कायदाको निर्देशन

नयाँ दिल्ली, असार २० । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अल कायदा’ ले भारतमा हमला गर्न आफ्ना लडाकुलाई निर्देशन दिएको छ । युरोपमा जस्तै हमला भारतमा गर्न लडाकुहरुलाई अल कायदाले निर्देशन दिएको बताइएको छ ।
टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार अल कायदाको भारतीय उपमहाद्वीपका प्रमुख असीम उमरले सन्देश जारी गर्दै भारतमा हमला गर्न आह्वान गरेका हुन् । उनले समूहगत रुपमा नभई व्यक्तिगत रुपमा हमला गर्न पनि आह्वान गरेका छन् ।
असीम उमर सन् २०१४ मा अल कायदाको भारतीय उपमहाद्वीप प्रमुख बनेका हुन् । उनी भारतकै उत्तर प्रदेश निवासी रहेको बताइन्छ ।
यसैबीच ढाकामा भएको आतंकवादी हमलापछि भारतको पश्चिम बंगालमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आइएसले पश्चिम बंगाल र असमलाई निशाना बनाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको भारतीय अधिकारीहरुको भनाइ छ । (एजेन्सी)
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget