
पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०५८ साल पौष ६ गतेको फैसलाले ७ वर्ष कैद सजाय भएका सुनसरी औरावनी-२ बस्ने नारायण चौधरी तथा सोही अदालतको २०६९ साल माघ २१ गतेको फैसलाले लागुऔषध मुद्दामा ७ वर्ष १४ दिन कैद सजाय तोकिएका दुहवी-भलुवा नगरपालिका ८ बस्ने अनिल पोदार रहेका छन।
दुबैलाई इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिव कुमार पोख्रेलको नेतृत्वको टोलीले आइतबार र सोमबार उनीहरुकै घर वतनबाट पक्राउ गरेका हुन। पक्राउ परेका चौधरीलाई सोमबार सुनसरी अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनकालागि झुम्का कारागार पठाइएको छ भने लागुऔषध मुद्दाका पोदारलाई मंगलबार अदालतमा उपस्थित गराईने छ।
Post a Comment