फाइल तस्विर
हेटौंडा, साउन १६ । मकवानपुरको मनहरी–३ स्थित रमनटारमा आज बिहान भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गाइघाटर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौै आइरहेको ना. ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
६ जनाको घटनास्थलमै, दुई जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३१ जना घाइते भएका छन् । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
Post a Comment