Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सयभन्दा बढी बालिकासँग यौनसम्बन्ध बनाएका एड्स संक्रमित पक्राउ

मलावी, साउन १२ । दक्षिणपूर्वी अफ्रिकी मुलुक मलावीमा सयभन्दा बढी बालिकासँग यौनसम्बन्ध बनाएका एड्स संक्रमित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिनअघि अन्तर्राष्ट्रिय संचारमाध्यममा उनका बारेमा समाचार प्रकाशित भएपछि राष्ट्रपति पिटर मुथारिकाले कानुनी कारवाहीका लागि निर्देशन दिएका थिए ।
समाचार एजेन्सीहरुका अनुसार रुढीवादी परम्पराका नाममा इरिक एनिभा नाम गरेका ती व्यक्तिले एक सयभन्दा बढी बालिकासँग ‘यौन शुद्धिकरण’का लागि भन्दै यौनसम्पर्क राख्दै आएका थिए । बालिकाका अभिभावकहरुले नै आफ्ना छोरी लिएर आउने गरेको उनको भनाइ थियो ।
यतिमात्र होइन, यौनसम्पर्कबापत उनले ४ देखि ७ डलर रकमसमेत लिने गरेका थिए । पहिलोपटक महिनावारी भएपछि ‘यौन शुद्धिकरण’ का नाममा यस्तो परम्परा बसालिएको स्थानीयको भनाइ छ ।
उनले आफूलाई एचआइभी संक्रमण भए पनि आफूसँग यौनसम्पर्कका लागि आउने बालिका तथा उनका परिवारलाई यसबारे जानकारी नदिएको समेत मिडियासमक्ष बताएका छन् । करिब ४० वर्षका एनिभाका दुई पत्नी छन् । (एजेन्सी)
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget