Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

“प्रहरी मेरो साथी” अभियान शुभारम्भ

विराटनगर, असार २७ गते। प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, सामाजिक बिकृती र दुर्घटना नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने उदेश्यकासाथ नेपाल प्रहरीले “प्रहरी मेरो साथी” (Police My Friend) अभियान को शुभारम्भ गरेको छ। 
सामुदायिक प्रहरी सेवाको अवधारणा अन्तरगत ल्याइएको उक्त कार्यक्रम ७५ वटै जिल्लामा एकैसाथ शुरु गर्ने प्रहरी प्रधान कार्यालयको योजना अनुरुप पूर्वका १६ वटै जिल्लामा आज बिहान प्रभातफेरी र्‍यालीको आयोजना गरी कार्यक्ररमको शुभारम्भ गरिएको हो। 
समाजमा “प्रहरी मेरो साथी” हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउँदै नागरीक सहभागिता र सहकार्यलाई अभिबृद्धि गर्ने अभियानको लक्ष्य रहेको छ। 
जिल्ला प्रहरी कार्यालय तथा विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रले सँयुक्त आयोजना गरेको सो र्‍यालीमा जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी कार्यालयहरुका प्रमुखहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, निजी तथा सामुदायिक विधालयका शिक्षक, शिक्षिका, विधार्थीहरु, नागरिक समाज तथा स्थानीय सर्वसाधारणहरुको उल्लेख्य रुपमा सहभागीता रहेको थियो। 
र्‍यालीमा सहभागीहरुले “प्रहरी मेरो साथी” लोगो अंकित ब्यानर बोकेर सदरमुकाम बजार परिक्रमा गरेका थिए। र्‍याली पश्चात कार्यक्रमका मुख्य अतिथीहरुबाट औपचारिक रुपमा “प्रहरी मेरो साथी” कार्यक्रमको लोगो अनारण गरी कार्यक्रमको शुभारम्भ गरिएको हो। यसैविच पाँचथरको फिदिममा आज विहान आयोजित विशेष कार्यक्रमका प्रमुख अतिथी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरी राज घिमिरेले "प्रहरी मेरो साथी" को व्यानर अनावरण गरी उक्त अभियानको शुभारम्भ गर्नु भएको छ। 
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै क्षेत्रीय प्रहरी प्रमुख प्रनामनि घिमिरेले यस अभियानले प्रहरी मेरो साथी हो भन्ने भावनाको विकास गर्ने कार्यमा अपेक्षाकृत उपलब्धीहरू हासिल हुने र बढी भन्दा बढि जनता माझ प्रहरीको दुरी घटाई प्रभावकारी समन्वय बढाउने कुरमा आफू विशवस्त रहेको बताउनु भयो। 
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय पाँचथरले विधालय स्तरिय चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो। फिदिम नगर क्षेत्रका पाँच विधालयका छात्र\छात्राहरुको सहभागिता रहेको सो प्रतियोगितमा प्रथम, द्धितिय र तृतीय हने क्रमशः छात्रा उमा राई, छात्र कुसोहाङ राई र छात्र बिपिन कन्दङवालाई प्रमुख अतिथी घिमिरेद्वारा पुरस्कार वितरण गरिएको थियो। 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget