एजेन्सी, असार २०- लागुपदार्थ बेचबिखनमा संलग्नहरुले लागुपदार्थ ओसारपसारका लागि अनेक बिधि तथा उपाउ अपनाएको समाचार हामीले पढ्दै आएका छौं । तर न्यूजिल्याण्ड प्रहरीले हालसालै देशमा समातेको कोकिनले सबैलाई आश्चर्य तुल्याएको छ ।
यो कोकीन घोडाको जस्तै मुहार भएको एक कलाकृतिबाट बरामद गरिएको हो । अनुमान गरिए अनुसार बरामद गरिएको कोकिनको मुल्य करीब डेढ करोड डलर हुन आउँछ ।
उक्त घोडाको कलाकृति गत मे महिनामा मेक्सिको बाटा अकल्याण्ड आएको जनाइएको छ । अनि यो कलाकृतिमा पैंतीस किलो कोकिन लुकाएर ल्याईएको थियो ।
स्थानिय प्रहरीले यस सम्बन्धमा दुई जना मेक्सिन र एक जना अमेरिकीलाई नियन्त्रणमा लिएको छ ।
द न्यूजिल्याण्ड हेरल्डले आफ्नो एक रिपोर्टमा उल्लेख गरेअनुसार घोडाको टाउकोको कलाकृतिको तौल ३३५ किलो र यो तीन फिट अग्लो थियो ।
Post a Comment