Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

उत्तर कोरियाद्वारा अर्को ब्यालेस्टिक मिसाइल परीक्षण, अमेरिकालाई चुनौति

north_koreaसोल, असार २५ गते । उत्तर कोरियाले शनिबार एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार बिहान गरेको यस क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको समाचारमा जनाइएको छ । 

दक्षिण कोरियाको रक्षामन्त्रालयले शनिबार गरेको यस्तो खालको परीक्षण पानीमा मारहान्ने खालको हो । तर यो पनि क्षेप्यास्त्र नै भएको दक्षिण कोरियाले जनाएको छ । यसअघि अमेरिका र दक्षिण कोरियाले बारम्बार क्षेप्यास्त्र परीक्षण गर्ने गरेको समुद्रको पूर्वी तटीय क्षेत्रमा प्रतिरक्षात्मक प्रयोजनका लागि भन्दै संयुक्त सुरक्षा प्रणाली राख्ने बताएका थिए । यी दुई देशको सो घोषणाको दुई दिनपछि उत्तर कोरियाले नै यो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । यसरी बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसंघीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै त्यसको दक्षिणले भने त्यसको निन्दा गरेको छ । 

शनिबार बिहान उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रबाट सो क्षेप्यास्त्र फालिएको र सो परीक्षण राष्ट्रसंघीय कानुनको विपरीत भएको बताइएको हो । दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको थियो । सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा उसले उक्त क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको पाइएको र यसको परीक्षणको कुनै सूचना प्राप्त नभएको बताएको छ । पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया तथा अमेरिकाले उसमाथि नाकाबन्दी लगाएका छन् ।

 संयुक्त राज्य अमेरिकाले पनि उत्तर कोरियाका विरुद्धमा नाकाबन्दी लगाएको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नु उत्तर कोरियाको हठ स्वाभाव भईसकेको बताउने गरिएको छ । शनिबार बिहान गरिएको भनिएको यस क्षेप्यास्त्रको प्रयोगका बारेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । दक्षिणले भने बारम्बार उत्तर कोरियाले आफूखुसी गर्दै आएको यस्तो परीक्षणका विरुद्धमा उसमाथि कानुनी कारबाही गर्नुपर्ने बताउदै आएको छ । रासस÷एएफपी
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget