
धनकुटा जिल्ला छिन्ताङ- ८ स्थायी घर भई सुनसरी धरान- ९ बगैचा लाईनस्थित पुष्प कार्कीको घरमा डेरा गरी बस्ने १९ वर्षिय एम कुमार लम्जेललाई अपहरण गरी ३ दिनसम्म बन्धक बनाउने दुई जनालाई जिल्ला प्रहरी कार्यलाय मोरङले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी म्याद थप गरेको हो।
लम्जेललाई गत असार १४ गते अपरान्ह साढे चार बजेतिर मोरङ बुधनगर- ६ बस्ने आनन्द यादव र सोही ठाउँका सनपत यादवसहित ८\१० जनाको समुहले विराटनगर १५ स्थित बसपार्क नजिकैबाट नियन्त्रणमा लिई जवरजस्ती सिटी रिक्सामा राखी बुधनगर ६ स्थित आनन्द यादवको घरमा बन्धक बनाई फिरौती वापत पाँच लाख रुपैया मागेका थिए।
अपहरणकारीहरुले लम्जेललाई ३ दिनसम्म उक्त घरमा थुनी असार १७ गते बिहान ११ बजे भारतीय नम्बर बिआर ३८ सि ७२६९ नम्बरको मोटरसाइकलको विचमा राखी बुधनगर ६ स्थित फोक्सातर्फ लैजादै गर्दा प्रहरीको टोलीले फेला पारेका थिए। अपहरणमा संलग्न दुबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान गरिरहेको छ ।
Post a Comment