Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

निवस्त्र अवस्थामा आमा छोरीको शव फेला

newsabhiyan

वनेपा । काभ्रेको चौरी खोलामा निवस्त्र अवस्थामा आमा छोरीको शव भेटिएको छ । काभ्रेको माझिफेदा गाविस ७ बस्ने २२ बर्षीया मीनाकुमारी योञ्जन र उनकी दुई वर्षीया छोरी युनिषा मोक्तानको शव सोही गाविस १ स्थित चौरी खोलामा निवस्त्र अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गत असार १७ गते दोलखा माइत जान हिँडेकी योञ्जन नआएपछि दाजु कृष्ण योञ्जनले १८ गते खोजतलास गर्दे जाने क्रममा चौरी खोलाको बीचमा बहिनीको निवस्त्र शव भेटेका हुन् । बहिनीले माइत आउछु भनेर फोन गरेकी थिइन तर किन आइन भनेर फोन गर्दा सम्पर्क भएन ।

खोज्ने क्रममा शव भेटियो, कृष्णले भने। ‘यो एउटा नियोजित हत्या हो, हत्या नभएको भए कसरी आमा छोरीको शव नाङ्गो हुन्छ रुु उनले प्रश्न गरे । कृष्णले ज्वाइँले बारम्बार मदिरा पिएर शारीरिक र मानसिक यातना दिने गरेको बहिनीले बताउने गरेको समेत सुनाए ।

पीडित पक्ष माइतीले पति हेमबहादुर मुक्तान र ससुरा बीरबहादुर मुक्तानमाथि शंका गरेका छन् । हेमबहादुर र वीरबहादुरविरुद्ध जिल्ला प्रहरी कार्यलयमा मुलुकी ऐन कर्तव्य ज्यान विरुद्धको जाहेरी दिएको कृष्णले बताए।

१७ गते हराएकी मिनाको शव १८ गते घर भन्दा दश किलोमिटर तल खोलामा भेटिएको थियो भने छोरी युनिषाको शव २३ गते आमाको शव भन्दा सात किलोमीटर माथि शरीरमा कपडा नभएकै अवस्थामा फेला परेको स्थानीय बीरबहादुर तामाङले जानकारी दिए ।

उनले भने ’आत्महत्या भए आमा छोरीकै शव किन नाङ्गो अवस्थामा भेटियो ? घटना रहस्यको विषय बनेको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी राजेशनाथ बास्तोला भने घटना बारे अनुसन्धान भइरहेको बताए ।

’फेला परेको शवको प्रकृति हेर्दा घटना रहस्यमय भएको र पोष्टमार्टमको रिपोर्ट र पीडितले दिएको जाहेरीका आधारमा थप अनुसन्धान गरिरहेका छौँ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget