काठमाडौं, असार ६ - प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानमा आत्मघाती आक्रमणमा परी १४ जना नेपाली मारिएको घटनाबाट स्तब्ध भएको बताउनुभएको छ ।
पराराष्ट्र मन्त्रालयले विस्फोटमा १४ जना नेपाली मारिएको र ५ जना घाइते भएको पुष्टि गरे लगत्तै ट्वीट गर्दै प्रधानमन्त्री ओलीले यो घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको हो । ओलीले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको पनि उल्लेख गर्नुभएको छ ।
सोमबार बिहान काबुलमा नेपालीहरु चढेको बसमा आत्मघाती आक्रमण हुँदा १४ जना नेपालीको ज्यान गएको थियो । घटनामा ५ जना नेपाली घाइते भएका छन् । मृतक तथा घाइतेको नाम, ठेगाना खुल्न सकेको छैन ।
Post a Comment