रबिन्द्र बराल
रंगेली, १५ असार / मोरङको सोराभाग ९ स्थित बेतौनामा रहेको विराट पोल्ट्री फर्मको प्रदुषणका कारण गाऊमा हैजा फैलिन थालेपछी त्यसको विरोध गदै उद्योगमा ताला लगाउन पुगेका स्थानिय बासिन्दा र प्रहरी बिच झडप भएको छ ।
उद्योगको कारण गाऊमा झिगाको आतंक मच्चिए संगै झिगा बाट गाऊमा झाडापखाला संगै हैजा फैलिन थालेपछी गाऊहरुले पटक पटक उद्योग प्रशासन संग झिगा नियन्त्रणका लागी लिखित तथा मौखिक उजुरी गर्दा समेत वेवास्था गरेपछी हिजो मंगलबार दिउसो ठुलो संख्यामा स्थानियबासीन्दाहरु उद्योग पुगेका थिए ।
उद्योग प्रशासनले स्थानियबासीन्दाहरु कुरा गर्न नमानेपछी उद्योग घेराऊ गदै नाराबाजी सहित उद्योग भित्र रहेको अण्डा र बस तोडफोड गरे पछी प्रहरी र स्थानियबासी बिच झडप भएको थियो ।
प्रहरीको लाठी प्रहार बाट सोराभाग ९ बस्ने तुलसी ढकाल गम्भीर चोट लागी घाईते भएका छन् भने दजनौ घाईते भएका छन् ।
प्रहरीको लाठी प्रहार बाट सोराभाग ९ बस्ने तुलसी ढकाल गम्भीर चोट लागी घाईते भएका छन् भने दजनौ घाईते भएका छन् ।
यता प्रहरी हल्दार अरुण यादव सहित ३ जना प्रहरी समेत घाईते भएका छन् । प्रहरीले सोराभाग ९ बस्ने प्रवेश पाठक र विनोद गिरीलाई नियन्त्रणमा लिएको छ । आक्रोशीत स्थानियबासीन्दाहरुले हुलाकी राजमार्ग अन्र्तगत रंगेली विराटनगर सडक खण्ड समेत केही समयका लागी अबरुद्ध गर्दै को १ ख ३०१५ नम्बरको बसमा समेत तोडफोड गरी क्षती पु–याएका छन् ।
Post a Comment