मोरङ, असार १३ गते। मोरङको बबियाबिर्ता-३ मा काठको काम गर्ने एक सिकर्मीको आज करेन्ट लागेर ज्यान गएको छ।
स्थानीय सुशिल खवासको घरमा बिगत केही दिन देखि काठको काम गर्दै आएका दर्बेशा-९ बस्ने ५५ बर्षिय शिवु मगरको आज दिउसो १२ बजे काठ चिल्लो बनाउने रन्दाबाट करेन्ट लाग्दा घटना स्थलमानै मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरीको टोली टोली खटी घटनाबारे अनुसन्धान भइरहेको छ।
Post a Comment