सुनसरी, असार ७ गते / सुनसरीको इटहरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका २२ का ५० वर्षीय भानुभक्त तिम्सिनाको करेन्ट लागेर दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।
अबिरल पानी परेपछि जलमग्न भएको शहर हेर्न छतमा चढेका बेला उहाँलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । तिम्सिनाको घटनास्थलमै ज्यान गएको हो ।
अबिरल बर्षका कारण सुनसरीका अधिकांश स्थान जलमग्न भएका छन् । खोला र पैनी मिचेर भौतिक संरचना बनाइएपछि इटहरीका अधिकांशस्थान जलमग्न बनेको हुन् । इटहरीका वडा नम्बर ७ को ट्याङ्ग्रा खोला तटबन्ध भत्काएर पश्चिम पट्टी बग्न थालेको छ । खोलो गाउँमा पसेपछि सयौं घरमा पानी पसेको छ ।
त्यसैगरी, सिरहाको गोलवजार-४ बस्ने पन्चलाल महतोको ४५ वर्षिया श्रीमती बविता देवी महतोको घरमा समान मिलाउने क्रममा इन्भर्टरको तार छुँदा करेन्ट लागेर मृत्यु भएको छ। घटनास्थलमा इलाका प्रहरी कार्याल पकलरी र गोलबजारबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया सम्पन्न गरिएको छ।

Post a Comment