ताप्लेजुङ, जेष्ठ ३२ गते। ताप्लेजुङ नगरपालिका ८ मा आज बिहान पहिरो खस्दा एकै परिवारका दुई बालकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। अबिरल बर्षासंगै गएराती ताप्लेजुङ नगरपालिका ८ पानीट्याङकीस्थित मनकुमार तामाङको घरमाथीबाट पहिरो खसेर घर पुरिंदा भित्र सुतेका उनको ४ वर्षिया छोरी अंशु तामाङ र ३ वर्षका छोरा अमृत तामाङको घटनास्थलमै मृत्यु भएको हो। सोही घरमा पुरिएकी तामाङको ३० वर्षिया पत्नी सीता तामाङ र अर्का छोरी वर्ष १२ की अस्मिता तामाङलाई प्रहरी र स्थानियबासीले उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। तामाङ बैदेशीक रोजगारीका लागी साउदीमा रहेका छन्। उनका घरमा श्रीमती र तीन छोराछोरीहरु मात्र थिए।
Post a Comment