पाँचथर, असार ६ गते। पाँचथरको लुम्फाबुङ ५ मा आइतबार बाल्टीमा राखेको पानीमा डुबेर एक नाबालकको ज्यान गएको छ। स्थानिय धन कुमार अर्यालको छोरा अन्दाजी डेढ बर्षिय गुन्जन अर्याल दिउसो २;३० बजे आफ्नै घरको बाल्टीमा राखेको पानीमा डुवी गम्भिर घाइते भएका थिए। घाइते बालकलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा सोही अस्पतालमा अपरान्ह ४ बजे ज्यान गएको हो। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिगई आवश्यक कानूनी प्रकृया पुरा गरेको छ।
उता, मोरङको बाहुनी- ५ मा आइतबार बिहान पानी जमेको खाल्डोमा डुबेर एक नाबालिकाको ज्यान गएको छ। स्थानीय गोपाल मगरातीकी अन्दाजी डेढ वर्षिया छोरी बिन्दा मगरातीको घर पछाडी रहेको खाल्डोमा डुबेर ज्यान गएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरिएको छ।

Post a Comment