Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बिराटनगरको बेहाल, बर्खायाम भरी निर्माण कार्य स्थगित



(मोरङ), ३१ जेठ । विराटनगर नगर क्षेत्रमा दुई वर्षदेखि निर्माण भइरहेको ढल र नालाको निर्माण कार्य बर्खायाम भरी स्थगित गरिने भएको छ ।

वर्षात्को पानीले निर्माण कार्यलाई प्रभावित बनाउने र नोक्सानी बढेर जाने कारण देखाउँदै स्थगित गरिन लागेको हो । नगर क्षेत्रका प्रत्येक वडामा ठूलाठूला खाल्डाखुल्डीले जनजीवन प्रभावित भइरहेका बेला निर्माण कार्य झन विलम्ब हुने भएपछि नगरवासीमा थप आक्रोश बढेर गएको छ । तोकिएको स्थानमा निर्माण कार्य पूरा गरेर अन्यत्रै कामको सुरुवात गर्नुपर्ने भए पनि ठेकेदार पक्षले नगरका सबै वडामा एकै पटक खन्ने र सडक खाल्डो पार्ने काम गरेपछि स्थानीयवासीमा आक्रोश थपिएको हो ।

मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजनाका प्रोजेक्ट मेनेजर उपेन्द्र बरालले वर्षात्को पानीले असर नगर्ने प्रकृतिका कामलाई मात्र अब निरन्तरता दिने बताउनुभयो । निर्माण कार्यको जिम्मा पाएको कालीका कन्टक्सनले नाला र ढल निर्माण गर्दा थुप्रिएका ढिस्काढिस्की नसम्याउँदा पैदल तथा सवारीसाधनलाई आवतजावत गर्न समस्या परिरहेको छ ।

विराटनगरको रोडशेष चोकमा गत बिहीबार एउटा स्कुल बस खाल्डोमा परेर क्रेनबाट निकालिएको थियो । नगरको मुख्य सडकको अवस्था कही ठीक छैन । कछुवाको गतिमा भइरहेको निर्माण कार्य फेरि केही महिनासम्म स्थगित हुने देखिएपछि नगरवासीलाई हिडडुल गर्न थप समस्या पर्ने देखिएको हो ।

परियोजना कार्यालयका अनुसार हालसम्म २७ किलोमिटर फोहर पानी बग्ने ढलको निर्माण कार्य मात्र पूरा भएको छ । यो अवधिसम्म आउँदा ६२ किलोमिटर ढल बिच्छयाइ त्यसमाथि कालोपत्रे गर्नुपर्ने सम्झौता थियो । हालसम्म ढलको निर्माण कार्य ५२ प्रतिशत मात्र पूरा भएको छ । यस्तै वर्षात्को पानी बग्ने नालाको काम ८५ प्रतिशत पूरा भएको छ । कुनै झन्झट आएन र काम गर्ने वातावरण सिर्जना भयो भने हामी अर्को वर्षात्भरिमा परियोजनाको सबै काम पूरा गरिसक्छौँ प्रोजेक्ट मेनेजर बरालले भन्नुभयो, तर यसमा नगरवासीको सहयोग चाहिन्छ ।
यसैबीच दोस्रो चरणमा एसियाली विकास बंैकले विराटनगरको समग्र विकासका लागि थप रु दुई अर्ब ६० करोड सहयोग गर्ने सम्झौता गरिसकेको छ । उक्त सहयोग रकमबाट उपमहानगरपालिकाले छुटेका स्थानमा नाला निर्माण गर्ने र नयाँ नाला निर्माण गरिएको स्थानमा कालोपत्रे सडक बनाउने योजना अघि सारेको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो । रासस


Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget