Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

साउदीमा एक नेपाली चेलीलाई शिर छिनाएर मृत्यूदण्ड

पतिसँगको सम्बन्ध खासै राम्रो थिएन । छोरा पनि अपांग जन्मियो । तनहु भिमादस्थित हिमालय उच्च माविमा प्लस टु पढेकी शोभा परियारलाई जीविका चलाउन गाह्रो हुन थाल्यो । जीवनमा दुःखैदुख भोगेकी उनले आफ्नै कमाइले परिवारमा सुख ल्याउने आशामा साउदी अरब जाने सोच बनाइन् । दुले गौडाका एजेन्ट कबिर वाक्स मियाँलाई रकम बुझाइन् र मुम्बई हुँदै तीन वर्षअघि प’गिन अरब । ६० वर्ष पार गरेका बाबु भीमबहादुर, आमा बुद्धिसरालाई उनले साउदी जान लागेको बारे सुइँकोसमेत दिएकी थिइनन् । दलालले नै परिवारलाई ‘जानकारी नदिनू है’ भनेको हुनसक्छ । तर विदेशको जीवन त्यति सजिलो भएन ।
यता श्रीमानले पनि दोस्रो विवाह गरे । उता, उनले काम गर्ने ठाउँमा यातना खप्न सकिनन् । गएको वर्ष साउन २ गते घरमा फोन गरि उनले भनिन् ‘मालिक र मालिक्नीले साह्रै यातना दिए । म यहाँ बस्नै सकिनँ । लौ न मलाई फर्काइदिनु प¥यो ।’ वृद्धावस्थाका आमाबाब’ चिन्तित भए । शोभालाई साउदी पठाउने एजेन्टसँग सल्लाह गरे । १९ हजार रुपियाँ माग्यो उसले ।
छोरीको ज्यानभन्दा पैसा ठूलो होइन । ऋणपान गरेर १९ हजार रुपैयाँ जोहो गरेर बुझाए । तर, छोरी फर्किनन् । गत वर्ष चैतमा अचानक शोभाले घरमा फोन गरेर भनिन्, ‘घर मालिकका दुई वर्षको छोरो मेरो हातबाट मर्न पुग्यो, तर धन्दा नमान्नुस, अहिले म जेलमा भए पनि साहुले वैशाखसम्म नेपाल फर्काइदिन्छ’ भनेर औंठाछापसहितको कागजात बनाइसके ।’ बाबुआमाले शोभालाई फर्काउन बुझाएको १९ हजार रुपियाँ बुझेको एजेन्ट मियाँलाई खोज्न थाले । तर मियाँ पनि गैरकानुनी रुपमा महिलालाई साउदी पठाउन खोजेको आरोपमा भैरहवाको जेलमा रहेछन् ।
‘म नै जेलमा छु, के गर्न सक्छु र’ भनेपछि उनीहरु रुदैरुदै घर फर्किए । शोभाले फोनमा मृत्युदण्डबारे केही बताएकी थिइनन् । तर पत्रपत्रिकामा मृत्युदण्ड हुनसक्ने भन्दै समाचार आएपछि आमाबाबु दिनरात आँसुमा डुबे । त्यसो भए पनि छोरीले म अब छिट्टै फर्कन्छु भनेकिले एउटा सानो आशा थियो । उनको जीवनरक्ष ागर्न परिवारले राष्ट्रपति रामवरण यादवलाई सम्म गुहारे । तर, अब जिउँदी शोभा मात्र हैन, लाश समेत नेपाल आउने स्थिति छैन ।
सोमबार साउदीको अररा जिल्लामा बिहान साढे १० बजे शिरछेदन गरेर उनलाई मृत्युदण्ड दिइयो । । विक्षत उनको शवलाई नेपाल नपठाइ त्यहीँको परम्पराअनुसार गाडिएको छ । नेपाली दुतावासकाअनुसार शोभालाई मृत्युदण्डबाट बचाउन सक्दो प्रयास गरिएको हो । आफूमाथि भएको अत्याचारका कारण आवेशमा आउँदो यो घटना भएको जिकिर गर्दै सजाय कम गराउन र त्यहीकै कानुनअन’सार ‘ब्लडमनी’ लिन नेपाली दुतावासले गभर्नर तहसम्म प्रयास ग¥यो । तर, मृतक बालकको परिवारले मानेन । तल्लो अदालतले गरेको फैसलालाई पुनरावेदन र सर्वोच्चले पनि सदर गरेपछि राजाको आदेशमा उनलाई मृत्युदण्ड दिइएको हो । स्थानीय बालज्इोति प्राविमा कक्षा ५ मा अध्ययनरत शोभाका १२ वर्षका छोरा दिवसको जन्मजात ओठ फाटेको थियो । शल्यक्रियापछि ओठ पुरिएको छ, तर आवाज स्पष्ट छैन । अस्पष्ट आवाजमा उनले केही अघि पत्रकारहरुलाई भनेका थिए– ‘ममीले अस्ति फोनमा वैशाख अन्तिममा आउँछु भन्नुभएको छ, घर आउँदा साइकल ल्याइदिन भनेको छु ।’ उनलाई थाहा छैन, अब साइकल आउने छैन, न त उनकी ममी नै आउने छिन् । उनकी ममीको जीवन साइकलको चेन झैं चुँडिइसकेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget