सुनसरी, असार १३ गते। सुनसरी जिल्लाको मरिया खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ। देवानगंज-२ का उमेश ठाकुरको छोरा मनिष ठाकुरको घुस्कि र देवानगंज गाविसको सिमानामा पर्ने मरिया खोलामा नुहाउने क्रममा आज दिउँसो डुवेर मृत्यु भएको हो। स्थानीयले खोला नजिक साइकल छाडी नुहाउन पसेका ठाकुरलाई बाहिर निस्केको नदेखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय देवानगंजबाट टोली खटिगई हेर्दा सोही खोलामा उनको शव फेला परेको थियो ।
Post a Comment