Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

देउवालाइ मुखतोड जवाफ दिदै प्रम ओलीको पक्षमा उभिए एशियाली नोबेल पुरस्कार बिजेता पुन

कांग्रेस  सभापति शेरबहादुर  देउवाले  प्रधानमन्त्री  ओलीले  ठुलो  सपना  देखाएर  जनता  र  देशलाई  भ्रम छरेको भन्दै ओली सरकारको आलोचना गरे पछि , एशियाली नोबेल पुरस्कार भनिने रोमन म्यागसेस बिजेता बैज्ञानिक  महाबीर पुनले देउवाको भनाइलाई कठोररुपले खण्डन गर्दै प्रधानमन्त्री ओलीले देखाएको सपना पुरा हुन्छ भन्दै फेसबुकमा स्टाटस नै लेखे  र  प्रधानमन्त्री ओलीको दह्रो  समर्थन गरेका छन् , पुनको स्टाटस जस्ताको तस्तै  हेर्नुस तल |
पुरा गर्न सकिन्छ!!!
नेताज्यूहरु, सरकारी कर्मचारीज्यूहरु र म जस्तै सर्बसाधारण नागरीकज्यूहरु,
बोलेको कुराहरु पुरा गर्न चिन्तन, आँट, जाँगर, स्वच्छ हृदय र दिमाग चाहिन्छ र पुरा गर्न सकिन्छ पनि तर दुईवटा महत्वपूर्ण कदमहरु नचाली हुँदै हुँदैन –
देशको भविष्य कसरी उज्ज्वल बनाउन सकिन्छ भनेर आज भोली नेपालमा ठुलै बहस चलेको छ र बहस चल्नु राम्रो कुरा हो | देश बिकासको लागी तत्काल चाहिने १०,००० मेगावाट बिजुली निकाल्ने, उत्तर दक्षिण र पुर्ब पश्चिम रेलमार्ग बनाउने, काठमाडौँ बाट निजगढ सम्मको फास्ट ट्रयाक नेपालीले नै बनाउने, नेपालमा नै पेट्रोल/डिजेल निकाल्ने र बिभिन्न किसिमका खानीहरु निकाल्ने, काठमाडौँ उपत्यका बासीहरुको घर घरमा पाइप बाट खाना पकाउने ग्यास पुर्याउने, एउटा पानी जहाज किनेर समुन्द्रमा चलाउने र देशलाई आत्मनिर्भर बनाउने आदि ईत्यादि र अन्य धेरै कुराहरुको बहस जारी छ, बास्तवमा यी कुराहरु कुनै असम्भव र पुरा गर्न नसकिने कुराहरु हुँदै होइनन | अझ प्रस्ट रुपमा भन्नु पर्दा यस्ता कुराहरु पुरा गर्न नसक्ने सरकार कुनै पनि हालतमा गतिलो सरकार हुनै सक्दैन ,अनि यसता कुराहरुमा नकारात्मक र अनुत्पादक टिका टिप्पणी गर्ने नेताहरु र सर्बसाधारण नागरिकहरु नेपाल आमाका बाटो बिराउन लागेका अथवा बाटो बिराएका सन्तानहरु हुन्| तर उनीहरुले बाटो बिराए भनेर यसलाई त्यति गम्भीर रुपमा लिन आबश्यक छैन किन भने जिन्दगी बिताउने क्रममा हामीले एक पटक मात्र होइन कि कैंयौं पटक बाटो बिराउँछौं र नयाँ नयाँ कुराहरु सिक्छौं ,यो स्वाभाविक कुरा हो| देश बिकास गर्ने काम सजिलो नभए पनि गाह्रो काम चाहिं होइन| त्यसको लागी निम्न अनुसारको
दुइ ओटा कामहरु सरकारले नगरी हुँदैन |
१) देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पुँजी र संशाधनको अधिकतम उपयोग गर्ने र उनीहरुलाई देश बिकासको काममा प्रयोग गर्न सकिने किसिमको बाताबरण सिर्जना गरी काममा लगाउने.
२) बिज्ञान तथा प्रविधिको विकास नगरिकन देश कहिले पनि उँभो लाग्न सक्दैन भन्ने कुरा लाई नेपाल सरकारले हृदय देखि नै मनन गरी बिज्ञान तथा प्रविधिको विकासलाई उच्चतम प्राथमिकता दिने र नेपाली बैज्ञानिकहरु, खोजकर्ताहरु, नवप्रबर्तकहरु र आविष्कारकहरु लाई देशमा नै बसेर काम गर्न प्रोत्साहन गर्नको लागी दिगो रुपमा संचालित र उत्पादनमुलक अनुसन्धान केन्द्रहरु खोल्ने |
दुर्भाग्यको कुरा के हो भने अहिले सम्मका नेपाल सरकारले यी विषयहरुलाई न्यूनतम प्राथमिकतामा राखेका छ. बिज्ञान तथा प्रबिधिको बिकासको लागी चाहिने बजेट छुट्टयाऊन एकदमै कंच्युसाई गरी रहेका छ र देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पुँजी र संशाधनको उपेक्षा गरीरहेका छ | जब सम्म माथी भनिएका दुइ ओटा कदमहरु उच्च प्राथमिकताका साथ चालिदैन तब सम्म नेपालको बिकास कहिल्यै पनि हुँदैन | हालको सरकारले पनि यी दुई कुरामा ध्यान दियो भने पक्कै पनि नेपाल ३० बर्ष भित्रमा एउटा पूर्ण बिकशित देश बन्ने छ, यो कुरा ठोकेरै भन्न सकिन्छ |
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget