बिराटनगर, असार ७ गते। जिल्ला अदालत मोरङले बरिष्ठ फिजिसियन जावेद अख्तर अंसारीलाई ५० हजार रुपैया धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको छ । जिल्ला न्यायधिश फणिन्द्र पराजुलीको इजलासले सो आदेश दिएको हो ।
शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जावेदलाई उनी कार्यरत बिराटनगरको लाईफ गार्ड हस्पिटलबाट पक्राउ गरेको थियो । सरकारी वकिलको कार्यालय मोरङले उनीमाथि ठगी अभियोगपत्र दायर गरेको थियो । डाक्टर जावेदका कानुनी ब्यवसायी देबेन्द्र कोईरालाका अनुसार उनी बिदेश नागरिक भएका कारण धरौटी तोकिएको हुन सक्ने बताउनुभयो ।
ब्युरोको अप्रेशन क्वाकमा पक्राउ परेका अधिकांश डाक्टरहरुको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोप लागेको थियो । तर डाक्टर जावेदलाई भने मेडिकल काउन्सिलको लाईसेन्स नम्बर अर्कोको प्रयोग गरेको आरोप लगाईएको थियो । स्वदेशी र बिदेशी चिकित्सकलाई फरक फरक लाईसेन्स नम्बर दिने हुँदा डाक्टर जावेदको लाईसेन्स नम्बर अर्का चिकित्सक महानन्द मिश्राको प्रयोग गरेको आरोप थियो । काउन्सिलले स्वदेशी चिकित्सकलाई स्थायी नम्बर र बिदेशीलाई अस्थायी नम्बर दिने गरेको छ । अस्थायी नम्बर भएकाले समय समयमा लाईसेन्स नविकरण गर्नुपर्ने प्रावधान रहेको छ ।
लाईफ गार्ड हस्पिटलका सञ्चालक डा. कैलाशकुमार श्रेष्ठले डाक्टर जावेदका हकमा अदालतले न्याय गरेको प्रतिक्रिया दिनुभयो । उहाले मेडिकल काउन्सिल र ब्युरोको असमझदारीका कारण उनी पक्राउ परेको दावी गर्नुभायो । डा. जावेदलाई सोमबार काठमाण्डौबाट विराटनगर ल्याइएको थियो । समय अभावका कारण अदालती प्रक्रिया नसकिएपछि मंगलबार उनलाई अदालतमा पेश गरिएको थियो । अधिवक्ता कोइरालाले उनीको लाईसेन्सको समयावधि रहेका कारण उनी पूर्ववत् रुपमा काममा फर्कन सक्ने बताउनुभयो ।

Post a Comment