Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

धनुषामा पूर्वराजाको गर्जन, भ्रमण रोक्न गोलि प्रहार

जनकपुर , असार ६ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति नगर्न सबै पक्षलाई आग्रह गर्दै मुलुकको विद्यमान परिस्थितिमा आफ्नो दायित्व नबिर्सेको उद्घोष गर्नु  भएको छ ।

हिन्दूहरूको पवित्र धार्मिक नगरी जनकपुरधाम स्थित तिरहुतियागाछी मैदानमा धनुषा नागरिक समाजद्वारा आयोजित अभिनन्दनको प्रत्युत्तरमा शाहले भन्नुभयो, ‘मिलेर जाऊँ, कोही कसैले कसैलाई निषेध नगरौ, आफ्ना भूल सुधार्दै अगाडि बढौं ।’

पाँच वर्षअघि संविधानसभाको निर्णयबाट राजसंस्था अन्त गरिएपछि पहिलोपल्ट सार्वजनिक मञ्चबाट बोल्दै ज्ञानेन्द्र शाहले त्यो निर्णय जनताबाट नभएको सन्देश दिनुभयो  ।

‘मैले आफ्नो दायित्व भुलेको छैन,’ उहाले समय सान्दर्भिक उचित निर्णय गर्न जनतासँग आग्रह गर्दै भन्नुभयो, ‘जनता नै त्यो महान शक्ति हो जो अजेय हुन्छ र समय सान्दर्भिक निर्णय उनीहरूले नै गर्नुपर्ने हुन्छ ।’

‘म जनताको मन, मुटु र स्पन्दनसँग समाहित हुँदै मन, वचन र कर्मले मातृभूमिप्रति सदैव समर्पित रहने छु । तपाईंहरूले दिनुभएको स्वागतका लागि म कृतार्थ छु,’ उहाले भन्नुभयो। 

करिब १४ मिनेट लामो सम्बोधनमा उहाले मुलुकको हिजोको र आजको अवस्था, महिलाहरूमाथिको भेदभाव, युवाको अनियन्त्रित पलायनप्रति चिन्ता त व्यक्त गर्दै  आफैँबाट पनि अन्तिममा गल्ती भएको र त्यसको सुधारसँगै अगाडि बढ्न पाउनुपर्ने हकदाबी पनि प्रस्तुत गर्नुभयो ।

सिमराबाट करिब ४ घण्टाको सडकमार्गबाट आफैं गाडी ड्राइभ गरेर पूर्वराजा जनकपुर आइपुग्नु भएको थियो, अनवरत झरीबीच । रामजानकी मन्दिरमा पूजाअर्चनाको दुई घण्टापछि पानी जमेको हिले तिरहुतियागाछी मैदान पुग्नु भएको थियो उहा।  यद्यपि अभिनन्दन समयभन्दा केही समयपूर्व वर्षा रोकिएको थियो ।

उहाको भ्रमण रोक्न तराई जनमुक्ति टाईगर (राजन समूह) ले बन्दको आह्वान गर्दै अवज्ञा गरेका एक जना गाडी चालक र अर्का एक सामान्य नागरिक माथि महोत्तरीमा बन्द समर्थकहरूले गोली प्रहार गरे पनि शाहको कार्यक्रममा त्यसले खासै व्यवधान पुर्‍याएन ।

अभिनन्दनस्थलमा निर्मित मञ्चमा पुगेपछि पूर्वराजाको स्वागतमा आयोजकहरूका तर्फबाट एउटा हेलिकप्टरबाट पुष्पवर्षा गरिएको थियो । बीचबीचमा ‘राजा आऊ, देश बचाऊ’, हाम्रो ‘राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ नाराहरू समेत उठेका थिए ।

राजाले संविधानसभाको निर्णयपछि उच्चतम त्याग गरे पनि मुलुक छिन्नभिन्न हुने अवस्थामा पुगेको र राष्ट्रनायक कोही नहुँदा त्यो चाबी उहाँलाई नै बुझाउनका लागि आयोजकहरुका तर्फबाट रामजानकी मन्दिरका मुख्य पुजारी १००८ महामण्डलेश्वर तपेश्वर दासले सबै नेताहरूसँग आग्रह गर्नु भएको थियो 
हिमाल, पहाड र तराई पुगी देशदर्शन र जनताका सुखदुखः बु¤ने नियमित प्रक्रियाअन्तर्गत जनकपुर आएको बताउँदै उहाले अगाडि भन्नुभयो, ‘जनक, सीता, बुद्धजस्ता पूज्य पात्रहरूको जन्मथलोसँगै अनेक मन्दिर र मठहरुको भूमि नेपालको आफ्नै सनातनी सांस्कृतिक र धार्मिक गाथालाई संरक्षण गर्नु सबैको दायित्व हो ।’ आफ्नो यात्रामा अहिलेको अवस्था र भोगाइबाट सबै चिन्तित रहेको पनि उहाले उल्लेख गर्नु'भयो ।

परिवर्तित शासन व्यवस्थाप्रति कटाक्ष गर्दै उहाले भन्नुभयो, ‘नारा र योजनाजस्तो भए पनि भोगाइ उराठ लाग्दो छ ।’

‘हाम्रो सुन्दर नेपाल पुस्तौंदेखि स्वाभिमान र स्वतन्त्र रहिआएको छ, जो जहाँ रहे पनि नेपालीहरूबीचको एकता र मौलिकता कायम राख्नु हाम्रो धर्म हो । हाम्रो मौलिकता, विविधता, रितिरिवाज संस्कृति लोप हुनु हुंदैन । अनि राष्टिय एकतामा सबै जातजाति, वर्ण, वर्ग, धर्म, सम्प्रदाय सबैले नेपालीरुपी बगैँचामा फुल्नेफल्ने अवसर पाउनुपर्छ । हाम्रो मौलिकता यही हो ।’

उहाले तराई तथा देशका विभिन्न भागबाट कामको खोजीमा बाहिरिएका जनशक्तिलाई स्वदेशमै फर्काई रोजगारीको व्यवस्था हुनुपर्ने अनि नेपाली दिदीबहिनीलाई पनि आत्मनिर्भरताका लागि सिपको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो, ‘महिलाहरूमाथिको थिचोमिचो पनि अन्त्य हुनु पनि त्यत्तिकै आवश्यक छ ।’

मुलुकको वर्तमान अवस्थाबारे कटाक्ष गर्दै उहाले भन्नुभयो, ‘हामी को हौं, को थियौं, अब कस्ता भएका छौं, सदासर्वदा हेक्का राख्नुपर्छ । के गर्ने ? कसरी जाने ? सजगता सबैको हुनुपर्छ। र, त्यो निर्णय जनताको हो जसमा मेरो सर्मथन रहनेछ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget