Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रहरी जवान निलम्बित, सर्वसाधारण सबैको जानकारीका निमित्त

बिराटनगर, असार 7 गते / रिक्सा चालकलाई ‘किक’ प्रहार गर्ने प्रहरी कर्मचारीलाई पूर्व क्षेत्रीय ट्राफिक कार्यालयले निलम्वन गरेको छ । नागरिकको मौलिक हकको उच्च सम्मानमा प्रतिकूल असर पर्ने गरी संगठनको छविमा नै आँच आउने प्रकृतिको कार्य गरेको देखिन आएको भन्दै प्रहरी जवान भोजराज पोखरेललाई निलम्वन गरेको हो । 
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचना जस्ताको तस्तै ः

सर्व-साधारण सबैको जानकारीका निमित्त
आदरणीय आमा बुबा, दाजुभाई तथा दिदी बहिनीहरु, 
जय नेपालर नमस्कार
मिति २०७३।०३।०३ गते विराटनगरमा ट्राफिक प्रहरी र रिक्सा चालकबीच भएको घटनाको सम्बन्धमा सामाजिक संजाल लगायत विभन्न पत्र पत्रिकामा तस्विर राखी समाचार संप्रेषण गरिएको बिषयमा निज प्रहरी जवान भोजराज पोखरेलले नेपाल प्रहरी संगठनले अख्तियार गरेको मुस्कान सहितको प्रहरी सेवाको अवधारणा विपरीत मानव अधिकारको संरक्षण र नागरिकको मौलिक हकको उच्च सम्मानमा प्रतिकूल असर पर्ने गरी संगठनको छविमा नै आँच आउने प्रकृतिको कार्य गरेको देखिन आएकोले निजलाई आवश्यक कारवाहीका लागि निलम्बन गरिएको व्यहोरा सर्व साधारण सबैलाई यो सामाजिक संजाल मार्फत जानकारी गराइन्छ । साथै भविष्यमा प्रहरी आचरण विपरीत यस प्रकारको घटना हुन नदिन पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी सदैब सचेत रहने व्यहोरा समेत जानकारी गराउन चाहन्छौ । आगामी दिनहरुमा समेत यहाँहरुको सहयोग, सहकार्य, सल्लाह र सुझावको अपेक्षा गर्दछौ । धन्यवाद, जय नेपाल ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी ।


Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget