ओखलढुङा, असार १२ गते। अदालतबाट कैद तथा जरिवाना फैसला भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा सरकारी छाप दरस्खत किर्ते मुद्दाका फरार एक जनालाई पक्राउ गरी कारागार पठाइएको छ।
पुनरावेदन अदालत राजविराजको मिति २०५६ साल साउन ३० गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दामा एक वर्ष कैद सजाय तोकिएका ओखलढुङा अँधेरीनारायणस्थान गाविस वडा नम्बर ९ बस्ने माइतीधन राईलाई प्रहरीले पक्राउ गरी जिल्ला कारागार पठाएको हो।
राईलाई उनकै घर वतनबाट जिल्ला प्रहरी कार्यालय ओखलढुङाबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको थियो। पक्राउ परेका राईको फैसलाको लगत ओखलढुङा जिल्ला अदालतमा भएकोले उनलाई आइतबार सोही अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनकालागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Post a Comment