Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पूर्वराष्ट्रपति बसेको घर खालि गराउन अदालतमा मुद्धा दायर

काठमाडौं, असार ६ गते।  पूर्वराष्ट्रपति रामवरण यादव बस्दै आएको निवास यथासक्य चाडो खाली गराइदिन घरधनी रविभक्त बिष्टले सरकारविरुद्ध जिल्ला अदालत ललितपुरमा आइतबार मुद्दा दर्ता गर्नु भएको छ। एमाले नेतृ विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि कात्तिक १२ देखि राष्ट्रपति कार्यालयले सरकारी निवासका रुपमा ललितपुर, बागडोलमा रहेको बिष्टको घर पूर्वराष्ट्रपतिलाई सुरक्षा प्रवन्धसहित उपलब्ध गराएको थियो।
घरभाडाबापत मासिक १ लाख ३० हजार रुपैयाँ तिर्ने सहमति भए पनि हालसम्म रकम प्राप्त नभएको जनाउँदै बिष्टले पूर्वराष्ट्रपति यादव, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको अदालतका श्रेष्तेदार बाबुराम दाहालले जानकारी दिनुभयो ।
'१५ दिनअघि नै फिराद परेको थियो तर नेपाल सरकार र घरबेटीबीच घरभाडा लिनेदिनेबारे आधार नभएपछि दर्ता भएको थिएन,' दाहालले भन्नुभयो, 'इजलासले दर्ता गर्ने आदेश दिएपछि सोमबार मुद्दा दर्ता भएको छ।' मुद्दामा सरकारबाट हालसम्मको घरबहाल, बत्ती, पानीलगायतको रकम भराई आफ्नो घर खाली गराइदिन माग गरिएको दाहालले जानकारी दिनुभयो ।
पूर्वराष्ट्रपति यादव बस्दै आएको घरको भाडालगायत विद्युत र खानेपानी महसुलसमेेतको रकम राष्ट्रपति कार्यालयमार्फत भुक्तान हुनेगरी मन्त्रिपरिषदले चैत २६ मा निर्णय गरेको थियो। तर, राष्ट्रपति कार्यालयले घर भाडामा लिँदा गरेको सम्झौतापत्र नल्याएसम्म भुक्तानी नगर्ने जनाएको बिष्टले बताउनुभयो । 
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget