ताप्लेजुङ, असार १४ गते। ताप्लेजुङको फुरुम्बु १ का ४६ वर्षिय लाल बहादुर खड्काको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले हत्यामा संलग्न ताप्लेजुङ फुरुम्बु-१ मयम बस्ने ३२ वर्षिय हिमाल भन्ने सुरेश लेछार्वो (लिम्बु), २३ वर्षिय गोली भन्ने अर्जुन लेछार्वो (लिम्बु) र सोही स्थान बस्ने १८ वर्षिय सेनेपे भन्ने सन्दिप लेछार्वो (लिम्बु) लाई हिजो पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो।
ताप्लेजुङ नगरपालिका ४ मा डेरा लिई बसेका लाल बहादुर खड्का गतजेष्ठ २५ गते बिहान ०६३० बजे फुरुम्बु १ स्थित आफ्नो पुर्खौली घरमा मृत अवस्थामा भेटिएका थिए। घटनालगतै क्षेत्रीय अनुसन्धान समुह (RIT) बिराटनगरबाट खटि गएको टोली र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सँयुक्त टोलीले घटनाको सुक्ष्म अनुसन्धान गरी हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेका हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राम बहादुर केसीका अनुसार अभियुक्तहरुले केही दिनअघिदेखि नै खड्का आएको मौका पारी उनको घरमा लुटपाट गर्ने पूर्व योजना बनाई उनको हत्या गरेको खुलेको छ।
घटनाको दिन जेष्ठ २४ गते राती करिब १०३० बजेतिर पक्राउ परेका अभियुक्त मध्ये सन्दिप लेछार्वोले चामल किन्ने निहुँमा खड्का सुतेको ढोका ढकढकाई पसल खोल्न लगाएको र पूर्व परिचित भएको नाताले खड्काले सहज रुपमा पसलको मुल ढोका खोली दिएको उनले बताए। ढोका खुलेपछि तीनै जना भित्र पसी प्यासेजमा बसि तीन क्वार्टर रक्सी पिएको र त्यसै विच संदीप र सुरेशले खड्काको घोक्रोमा अठ्याई मुख थुनी उनलाई सुत्ने कोठामा पुर्याएको उनले बताए। कोठामा उनीहरुले खड्कालाई कुटपिट गरी नगद तथा जिन्सी धनमाल राखेको ठाउँ बारे सोधखोज गरेका र गोली भन्ने अर्जुन लोर्छावेले आफूसंग लुकाई लगेको धारिलो हतियारले (खुकुरी) ले खड्काको पछाडी गर्धनमा रोपेर उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्या पश्चात सो समुहले खड्काको गोजीबाट नगद, घरबाट जिन्सी धनमाल चोरी गरी सुरेश र गोली मुल ढोकाबाट बाहिर भागेका तथा संदीप भित्रबाट ढोकी थुनी पश्चिम तर्फको झ्यालबाट बाहिर निस्केर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालयले हत्यामा प्रयोग भएको खुकुरी, फलामको रड, टर्चलाईट र घटनाको समयमा अभियुक्तहरुले लगाएका पोशाकसमेत बरामद गरी परिक्षणका लागी केन्द्रिय बिधी बिज्ञान प्रयोगशालामा पठाइएको जनाएको छ। पक्राउ परेका तीनै जनालाई आइतबार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Post a Comment