Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नेपालीमाथि फेरि आक्रमण गर्ने तालिवानको चेतावनी


अफगानिस्तानमा १३ जना नेपालीको ज्यान गएको एक हप्ता नपुग्दै आतंकवादी संगठन तालिवानले नेपालीमाथि फेरि आक्रमणको चेतावनी दिएको छ।


तालिवानले जुन २७ तारिखका दिन (आज) नेपालीमाथि ठूलो आक्रमण गर्ने धम्की दिएको हो । अफगानिस्तानथित इन्टेलिजेन्समार्फत नेपाली रहेका क्याम्प तथा सम्बन्धित कम्पनीहरुलाई यो सूचना दिइएको छ ।
यसअघि जुन २० तारिख सोमबारको दिन भएको हमलामा पनि तालिवानले नेपालीमाथि आक्रमणको पूर्वसूचना दिएको थियो । तर, त्यो धम्कीलाई क्यानेडियन दूतावास र साब्रे इन्टरनेशनलले लुकाएका कारण १३ जना नेपालीले ज्यान गुमाउनु परेको अफगानिस्तानबाट नेपाल फर्किएका नुवाकोटका आइसिंह तामाङले जानकारी दिए । उनका अनुसार, बेलायती लगानीमा संचालित साब्रे इन्टरनेशनल सेक्युरिटीमा कार्यरत नेपालीहरु पुनः तालिवानीको आक्रमणको सूचीमा छन्। स्राबे इन्टरनेशनलले अफगानिस्तानमा धेरै नेपालीलाई रोजगारी दिएको छ ।
गत सोमबारको आक्रमणपछि अफगानिस्तानमा नेपालीहरु कार्यरत कम्पनीमा सुरक्षा सतर्कता बढाइएको छ। अफगानिस्तानमा कार्यरतमध्ये अधिकांश नेपाली पूर्वसुरक्षाकर्मी छन् । उनीहरु नेपालमा सेना, प्रहरी तथा भारतीय सुरक्षाफौजमा जागिर खाएर फर्किएपछि धन कमाउन अफगानिस्तान पुगेका हुन् । नेपालीहरुले अफगानिस्तानको सुरक्षा व्यवस्थामा रक्षाकवचको भूमिका खेलेकाले नेपालीलाई तालिवानीले निशाना बनाउन थालेको बताइएको छ । 
अहिले मुस्लिम समुदायको रमादानको महिना चलेकाले पनि तालिवानीहरुले जतिसक्दो धेरै ‘शत्रु’ मारेर आफू पनि मर्ने भावनाले काम गरिरहेका छन् । गत सोमबार भएको आक्रमणपछि अफगानिस्तानमा कार्यरत नेपालीहरु निकै तनावमा परेका छन् । खासगरि, अवैधानिक रुपमा त्यहाँ पुगेका कामदारहरु सहजै घर फर्कने अवस्था छैन् । घर फर्कन चाहनेलाई कम्पनीले अनेक झमेला सिर्जना गरिदिएको नाम नबताउने शर्तमा एक नेपालीले बताए ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget