उदयपुर, असार ७ गते। उदयपुरको रामपुरठोक्सिला- ७ मा आज बिहान चट्याङ पर्दा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। अविरल वर्षासंगै चट्याङ पर्दा घरबाट निस्कदै गरेकी रामपुरठोक्सिला ७ बस्ने ४० वर्षिया शर्मिला उपरकोटीको घटनास्थलमै मृत्यु भएको हो।
चट्याङका कारण सोही स्थान बस्ने ६५ वर्षिया रुद्र बहादुर कार्की र उनका नाती १२ वर्षिय अर्जुन कार्की गम्भीर घाइते भएका छन। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी झापाको तोपगाछी-४ स्थित जोगीचनमा आज बिहान परेको चट्याङबाट स्थानीय ५५ वर्षिय सरकार सुरेन घाइते भएका छन। घरबाट खेततर्फ रागाँ लैजानेक्रममा बाटोमा चट्याङ पर्दा उनी घाइते भएका हुन्। घाइतेलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ।
Post a Comment