- गणेश शिवाकोटी
सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील मानिएको रंगेलीको भवन जीर्ण हुँदा पनि सरोकारवालाको ध्यान जान नसक्नु विडम्वना मानिएको छ ।
२०३३ सालमा तत्कालीन अञ्चलाधीश सुरेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त भवन रंगेली थानाको नामले चर्चित थियो । सोही थानाको नामबाट टोलको नाम नै थाना टोल रहन गएको छ ।
मओवादी जनयुद्धकालमा प्रहरीले असुरक्षित ठानेर प्रहरी कार्यालय रंगेली गाविसको भवनमा सारेको थियो । करिव १५ वर्ष गाविसको भवनमा रहेको इलाका प्रहरी कार्यालय विगत दुई महिनादेखि सोही पुरानै भवनमा सारिएको छ ।
भवन जीर्ण मात्र होइन, प्रहरी सुत्ने, आराम गर्ने व्यारेक समेत असुरक्षित रहेको छ । वर्षात्मा पानी चुहिएर बस्नै नसक्ने भएको प्रहरीको गुनासो छ । पानी परेपछि सबै पानी भवनभित्रै जम्मा हुने गरेको छ । ‘पानी परेपछि छाता ओढेर बस्नुपर्छ’ इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक गणेश भट्टराई बताउनु हुन्छ, ‘छत चर्किएर सिमेन्टको ढिक्का झर्ने गर्छ, एकदमै असुरक्षित महसुस हुन्छ ।’ थुनुवा राख्ने हिरासत समेत जीर्ण छ । दिनरात त्रासमा बस्नुपर्ने थुनुवाको भनाई छ । इलाका प्रहरी कार्यालयमा ५५ देखि ६० जनासम्म प्रहरी कर्मचारी रहेका छन् ।
Post a Comment