–दीर्घराज प्रसाई

आवश्यकता र बाध्यताले राजा ज्ञानेन्द्र फेरि तेस्रो पटक राज्यरोहण गर्ने परिस्थिति नजिकै आउँदैछ । नेपालमा गणतन्त्र धर्मनिरपेक्ष संविधानमा कायम भयो भने अमेरिका र यूरोपका इसाई राष्ट्रहरु आफ्नो लगानी सफल भएको ठान्छन् । त्यसपछि प्रारम्भ हुन्छ साँच्चैको चलखेल । नेपालको उत्तरी क्षेत्रमा रहेका ४ ।५ हजार गुम्बामा तालीम दिएर राखिएका सीआएका बुद्धिष्ट फौज तयार गरिएका छन् । तव तिनीहरुलाई तिब्बत आक्रमणमा सक्रिय गराइन्छ । त्यसबेलामा चीन चुप लागेर बस्दैन ।
चीन पहिला भन्दा अत्यन्त शक्तिशाली छ । चीनले आफ्नो सुरक्षाको लागि सीआए र यूरोपीका अखडाहरु तोड्न र साम्राज्यवादी शक्तिलाई धपाउन रेड आर्मीकासाथ नेपालमा प्रवेश गर्ने स्थिति आउँछ । त्यो बेलामा के नेपाल सुरक्षित होला ? त्यसबेला चीनको प्रवेश रोक्न र सीआए र यूरोपका इसाईहरुका चालमा नियन्त्रण गराउन राजाको उपस्थितिको आवश्यकता पर्छ । नेपालमा राजसंस्था यथावत कायम हुनसाथ सीआए र यूरोपका इसाईहरुको चलखेल बन्द हुन्छ । त्यसपछि चीन पनि आफूलाई सुरक्षित ठानेर फर्कन्छ ।
त्यसैले नेपालको सन्दर्भमा राजसंस्था (स्थायी राष्ट्र प्रमुख) चीन तथा भारतको बीचमा सन्तुलिन सम्बन्ध कायम गराउन पनि आवश्यकताको स्थायी संस्था हो । राजसंस्था यो क्षेत्रको शान्ति स्थापना र स्थायित्वको लागि पनि अपरिहार्य संस्था हो भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ । त्यसैले भनिन्छ– राजा ज्ञानेन्द्रको तेस्रो पटक राजसिंहासनकमा बस्ने योग छ । २००७ सालमा राणाहरुले राजा बनाए । २०५८ सालमा राजनीतिक पार्टीहरुले राजा ज्ञानेन्द्रलाई राजसिंहासनमा राखे भने तेस्रोपटक नेपाली जनताले राजा ज्ञानन्द्रलाई राज्यरोहण गराउने छन् ।
Post a Comment