Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

चीनले विवादित सागरमा देखायो आफ्नो सैन्य शक्ति, भारतलाई खतरा

काठमाडौं, २४ वैशाख । चीनले आफ्नो शक्ति प्रदर्शन गर्दै विवादित दक्षिण चीन सागर, पूर्वी हिन्द महासागर र पश्चिमी प्रशान्त महासागरमा एकसाथ अत्याधुनिक युद्धपोत, हेलिकप्टरहरु र विशेष सैनिकहरुका साथ सैन्य अभ्यास सुरु गरेको छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्हुवाका अनुसार चीनको नन्हाई बेडे(विमान) का जलसेनाका ३ युद्धपोत बुधबार हैनान प्रान्तको सान्यामा जलसेनाको बन्दरगाह प्रस्थान गरेका छन् । यसका साथै दक्षिण चीन सागर, पूर्वी हिन्द महासागर र पश्चिम प्रशान्तमा सालाना सैन्य अभ्यास सुरु गरेको छ । तीनै युद्धपोतमा मिसाइल विध्वंशक हेफेई, मिसाइल फ्रिगेट सान्या र र आपूर्ति युद्धपोत होंगघु पनि राखिएको छ ।
China-sea-ship-3
तीन हेलिकप्टर र दर्जनौं ‘विशेष युद्धक’ जवानहरु भएका विमानहरुलाई तीन समूहमा विभाजन गरिएको छ । जो दक्षिण चीन सागर, पूर्वी हिन्द महासागर र पश्चिमी प्रशान्तमा विभिन्न युद्धाभ्भास गर्नेछन् । जलसेनाले भनेको छ कि यो सैन्य अभ्यासको उद्देश्य सम्भावित युद्धको तयारी र तत्तपरता बढाउन र युद्धपोत एवं विमानहरु र अन्य बलहरुकाबीच समन्वयका अभ्यास गर्नु हो ।
चीनले लगभग पुरै दक्षिणी चीन सागरमा आफ्नो दाबी गर्दै आएको छ । भारत, भियतनाम, फिलिपिन्स, मलेसिया र ब्रुनाई जस्ता अन्य कैयौ एसियाली राष्ट्रहरु पनि यो क्षेत्रमा आफ्नो दाबी गर्दै आएका छन् ।
चीनको यस्तो कदम रोक्न भारतले अमेरिकासँग हात मिलाइसकेको छ । अब चीनको सैनिक अभ्यास कार्य सुरु हुनेवित्तिकै उक्त क्षेत्रमा थप विवाद सिर्जना हुने निश्चित छ । चीनको यो कदमको अमेरिकाले समेत विरोध र चिन्ता जनाउँदै आएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget