काठमाडौं, २५ वैशाख । चीनले विवादित दक्षिण चीन सागरबाट कुनै हालतमा पछि नहट्ने निर्णय सुनाएको छ ।
यो सागरमा भारत, अमेरिका, जापान र फिलिपिन्सले पनि दाबी गर्दै आएका छन् । तर, चीनले धमाधम कब्जामा लिएर आफ्ना गतिविधि सञ्चालन गरेपछि भारत, अमेरिकासहितका देश चिन्तित छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होंग लीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भारत र अमेरिकातर्फ लक्षित गर्दै भने– ‘केही देश यसलाई (दक्षिण चीन सागर) प्रयोग गर्नका लागि चीनमाथि दबाब दिने प्रयास गरिरहेका छन् कि हामी आफ्नो अडानबाट पछि हटौ भनेर । तर, यो गैरकानुनी हो । चीन यसलाई मान्यता दिनेछैन् ।’
साथै चीनले संयुक्त राष्ट्रसंघको न्यायाधिकरणमा फिलिपिन्ससँग सम्बन्धित मामिलामा आउने कुनैपनि नतिजा नमान्ने बताउँदै दक्षिणी चीन सागरको आफ्नो दाबीबाट चीन पछाडी नहट्ने बताएको छ ।
यदि ‘यूएन कनवेन्सन अफ द अफ सी’ न्यायधिकरण मामिला चीनको विरुद्ध उभिन्छ भने तब चीनले के गर्छ भन्ने प्रश्नमा प्रवक्ता होंगले भने- ‘चीनले यस्तो फैसला स्वीकार गर्नेछैन् । चीन आफ्नो राष्ट्रिय अखण्डता र समुद्री अधिकार एवं हितहरुको सुरक्षा गर्नमा प्रतिबद्ध छ ।’
दक्षिणी चीन सागरमा आफ्नो दाबी गर्दै फिलिपिन्सले राष्ट्रसंघको न्यायाधिकरणमा चीनको प्रभावविरुद्ध मुद्दा दायर गरेको छ । न्यायाधिकरणले केही दिनमा फैसला गर्दैछ ।
भारतीय सञ्चारमाध्यमका अनुसार न्यायाधिकरणको फैसला चीनको विपक्ष अर्थात फिलिपिन्सको पक्षमा आउने सम्भावना बोलियो छ । तर, बेइजिङले यो न्यायाधिकरणको वैधानिकतामाथि नै प्रश्न उठाउँदै सुनुवाई बहिष्कार गरेको छ ।
चीन पुरै दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दै आएको छ । फिलिपिन्स, भियतनाम, मलेसिया, बु्रनाई र तवाईवान उसको दाबीको विरोध गर्दै आफ्नो पनि दाबी गर्दै आएका छन् ।
Post a Comment