Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

वैद्य माओवादी औपचारिक रुपमा फुट्यो

काठमाडौ, जेठ १ गते । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी औपचारिक रुपमा फुटेको छ । एमाओवादीसँग एकता गर्ने पक्षमा रहेको रामबहादुर थापा बादल पक्षले शनिबार औपचारिक रुपमा केन्द्रीय समितिको बैठक बसाएपछि वैद्य माओवादी फुटेको हो ।
मोहन वैद्यले आइतबार केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
बादल पक्षका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले एमाओवादीसँग पार्टी एकताको औपचारिक निर्णय गर्ने छ । नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा पार्टी एकताको निर्णय गर्न बैठक बसिरहेको बादल पक्षीय केन्द्रीय सदस्य रामदीप आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।
बादल पक्षले वैशाख २८ गते नै पार्टी एकताको निर्णय गर्ने तयारी गरे पनि अध्यक्ष मोहन वैद्यलाई मनाउन अन्तिम प्रयास गर्न भन्दै आजसम्मका लागि बैठक स्थगित गरेको थियो । तर, वैद्यलाई मनाउने अन्तिम प्रयास पनि असफल भएपछि बादल पक्षका केन्द्रीय सदस्यहरुले एकताको निर्णय गर्न लागेका हुन् ।
एमाओवादीसँग एकता गर्न मातृका यादव, मणि थापा र विप्लव माओवादीका केही केन्द्रीय सदस्य र नेतृ जयपुरी घर्ती तयार भएका छन् । माओवादीहरुको एकता जेठ पहिलो साता भित्रै टुंग्याउने नेताहरुले बताएका छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget