Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एकाएक किन आयो अमेरिकाबाट फोन ?


नेपाली कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई अप्ठेरो पार्न सुरू गरेको छ ।
१३औँ महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गरेको पौडेल समूहले सुरुवाती दिनदेखि नै देउवा समूहलाई असहयोग गर्दै आएको छ । पौडेल समूहको असहयोग भएपनि देउवा समूह भने आफ्ना गतिविधीमा सक्रिय छ ।
पछिल्लो समयमा पौडेल समूहले देउवा समूहको विरोध गर्ने ठाउँ नपाएपछि सरकार परिवर्तनको विषयमा हल्लाखल्ला सुरु गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहसहितका दर्जन नेताहरूले देउवालाई भेट गरी सरकार परिवर्तनको खेलामा एकलौटी रुपमा लागेको आरोप लगाएको छ ।
पार्टीमा छलफल नै नगरी ‘सरकार परिवर्तनको खेलामा लागेको’ भनेर लगाएको पौडेल समूहको आरोपमा दम नरहेको देउवा समूहको आरोप छ ।
‘सरकार परिवर्तनको विषय सबैलाई भन्ने कुरा होइन’, देउवा समूहका एक नेताले भने, ‘केपी ओली नेतृत्वको सरकारको गलत कामको अन्त्यका लागि कांग्रेसले सरकार फालेर नयाँ सरकार बनाउन खोजेको हो । अहिले आएर आफ्नै पार्टीका साथीहरूले विरोध गर्नुको कुनै तुक छैन ।’
सरकार गिराउने खेल असफल भएपछि पौडेल समूह विरोधमा उत्रनुमा रहस्य रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार अमेरिकामा रहेका वरिष्ठ नेता पौडेलले सिंहलाई फोन गरेर देउवाको गतिविधीको विरोध गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार पौडेल समूहको गोप्य बैठक बसेर देउवाको विरोध गर्ने निर्णय गरेको स्रोतको भनाइ छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget