काठमाण्डौ, वैशाख २५ गते । नागरिक उड्डयन तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाको ठाडो प्रस्तावपछि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउन निर्णय भएको बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालयको प्रस्तावमा राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय भएको बताउनुभयो ।
‘दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयबाट उपप्रधानमन्त्री कमल थापाले मन्त्रिपरिषदमा प्रस्ताव ल्याउनभयो’, उहाँले भन्नुभयो, ‘मन्त्रीले ल्याउनुभएको प्रस्तावमा छलफल गरेर फिर्ता बोलाउने निर्णय भएको हो ।’
पर्यटनमन्त्री पोखरेलले अगाडि भन्नुभयो, ‘उहाँका गतिविधी संकास्पद भएपछि फिर्ता बोलाइएको हो । उहाँले यसअघि पनि विभिन्न पत्रपत्रिकमामा राजीनामा दिन्छु भन्नुभएको रहेछ ।’
Post a Comment