Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै शुक्रबार साँझ अबेरबाट पहिरो र गाडी बिगँ्रदा अवरुद्ध बनेको सडक अहिले बिहान ६ बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार साँझ परेको पानीका कारण खहरे र कालीखोलाको बीच भागमा पहिरो खसेपछि राति ११ः५५ बजे सडक एकतर्फी खुलाइएको थियो । पुनः ढुङ्गा खसेपछि सडक आवागमन पूरै अवरुद्ध बनेकोमा केहीबेरको प्रयासपछि राति नै सडक खुलाइएको भए पनि बीच सडकमा गाडी बिग्रिएपछि सवारी आवागमन प्रभावित भएको थियो । बिग्रिएको गाडी हटाएपछि अहिले बिहानबाट सडक दुईततर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । साँझबाटै सडक अवरुद्ध बनेपछि छ किलोमिटरभन्दा लामो सवारीसाधनको दुईतर्फी लाम लागेको थियो । सडक बिग्रिएको क्षेत्र मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ । पछिल्लो समय सो सडक तीव्र गतिमा विस्तार कार्य भइरहेकाले पटकपटक सडक अवरुद्ध हुने गरेको छ । बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकेर काम हँुदै आएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget