Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

जेठ ७ गते विप्लवको राजधानीमा शक्ति प्रदर्शन हुने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले यही जेठ राजधानीमा विशाल शक्ति प्रदर्शन गर्ने भएको छ ।
राजधानीको खुलामंचमा देशभरिबाट दशौ हजार सहभागी हुने विशाल शक्ति प्रदर्शनलाई महासचिव नेत्रविक्रम चन्द विप्लवले संवोधन गर्नेछन् ।
महान् जनयुद्धका सहिदहरुको स्मृति, वेपत्ता र घाइते योद्धाहरुको सम्मानमा हुने आयोजित यो सभालाई महासचिव विप्लवले आफ्नो पार्टीको समसामयिक नीति तथा कार्ययोजनाबारे विशेष संवोधन गर्नेछन् ।
देशमा व्याप्त भइरहेको भ्रष्टचार, कालोबजारी र महंगीका विरुद्ध विप्लव माओवादीले आफ्नो संघर्षका कार्यक्रमबारे धारणा राख्ने  छन् ।
साथै मुलुकमा भइरहेको राष्ट्रघात र संसदीय व्यवस्थाले जनतालाई दिएको फोहरी खेलका विरुद्ध क्रान्तिकारी निकास के हुन सक्छ भन्नेबारे पार्टीको आधिकारिक धारणा महासचिव विप्लवले राख्नेछन् ।
धेरै मिडियाले महासचिव विप्लवलाई भूमिगत भएको भनेर प्रचार गरिरहेको बेला उनी यो सभामा एक वर्षपछि  पहिलो पटक प्रकट हुनेछन् ।
प्रतिक्रियावादी संविधान र संसद्वादीहरुले जनतालाई दिएको धोकाधडीका बारेमा विप्लव माओवादीले भण्डाफोर जाने आफ्नो नीति पहिल्यै सार्वजनिक गरिसकेको छ ।
त्यही नीतिअनुरुप महासचिव विप्लवले यो सभाबाट प्रतिक्रियावाद र संसद्वादका विरुद्ध संघर्षको अझ नयाँ कार्यक्रम सार्वजनिक गर्ने वुझिएको छ ।
यो विशाल जनप्रदर्शन गर्नेबारे विप्लव नेतृत्व नेकपा माओवादीले आफ्नो पार्टीको तर्फबाट ठूलो र आकर्षक पोस्टरसमेत बनाइसकेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget