राजेश मिश्र
भारतले नाकाबन्दी मार्फत भूपरिवेष्टित नेपालको दाना रोक्न सक्छ, तर भारतको जीवन धान्ने पानीको एक प्रमुख श्रोत नेपाल हो। यो भौगोलिक यथार्थ संग परिचित भारतको दूरगामी रणनीतिलाई मनन गर्न नसक्ने नयाँ नेपालका कथित नीतिनिर्माता राजनीतिज्ञहरु प्रति औंला ठड्याउनुको कुनै अर्थ छैन। प्रधानमन्त्री केपी ओलीलाई चीनसँग पारवहन सम्झौता गरेर ईतिहासको पानामा आफ्नो नाम सुनौलो अक्षरमा लेखिने आत्मरतिमा बाँच्ने छुट छ।
तर दुर्भाग्य, मूढमतिका धनी सत्ताका लडाकुहरुलाई चीनसँग पानीको बांडफांड सम्बन्धी द्विपक्षीय संधी गर्न ढीलो भैसकेको तत्वज्ञान दिने औकात भएका कुनै वातावरणविद् वा भूराजनीतिक रणनीतिकार नेपालले जन्माउन सकेको रहेनछ। भारतको विकल्पमा तीन हजार किलोमीटर टाढाको चीनको तियान्जिन बन्दरगाहबाट नेपालले दाना ओसार्ने दिन आउँदासम्म, मानव सभ्यताको प्रमुख एजेण्डाका रुपमा पानीको डरलाग्दो प्रवेश हुनेछ।
अन्तरिक्षको उचाईबाट सुन्दर नीलवर्ण देखिने हाम्रो पृथ्वीको ९७.५ प्रतिशत भाग पानी हो। यो नूनीलो पानी पिउन मिल्दैन भन्ने कुरा प्राथमिक तहका विद्यार्थीलाई समेत थाहा छ। तर बाँकी २.५ प्रतिशत मध्येको ७० भाग हिमालयमा जमेको छ, २९ भाग भूमिगत जलाशयका रुपमा जमीनमुनी र एक भाग मात्र ताजा पानीका रुपमा नदीमा बगेको छ भन्ने तथ्यांक भने बिशेषज्ञहरुको क्षेत्राधिकारको कुरा हो।
सन् २०११ मा विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार, आगामी दूई दशकमा विश्वको ७५ प्रतिशत जनसंख्या पिउने पानीको बिकराल अभावमा बाँच्ने चेष्टा गर्न बाध्य हुनेछ। विश्वको आर्थिक बिकास र भूराजनीतिक स्थिरतामा पानीको सर्वाधिक महत्वपूर्ण भूमिका हुनेछ। ९० को दशकमा जन्मिएको पुस्ता पेट्रोल जस्तो जैविक ईन्धनका लागि भएका युद्दको साक्षी बनेर हुर्कियो। यही पुस्ताले चालिस बर्षको उमेर टेक्दा पानीको लागि युद्द गर्नेछ ।
sourceःः pearlstjournal.com
sourceःः pearlstjournal.com
Post a Comment