Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पचास करोड्मा ब्याक भयो प्रचण्डको रस्ट्र्वाद

नेपालको संसदीय राजनीतिमा प्रचण्ड कतिसम्म छल र षडयन्त्रको राजनीति गर्न खप्पिस छन् भन्ने कुरा उनको रातारात बदलिएको राजनीतिले प्रष्ट पारेको छ ।
लामो समय संसदीय राजनीति गरेर अभ्यस्त भएको नेपाली कांग्रेस र यसका नेताहरुलाई समेत तीन छक्क पार्दै प्रचण्डले संसदीय राजनीतिमा अर्को चमत्कार गरेका छन् ।
रातारात भएको यस्तो चमत्कारमा प्रचण्डको कुनै क्रान्तिकारी विचार र रणनीतिले काम गरेको होइन । यसमा विदेशी हस्तक्षेप र षडयन्त्रले ठूलो काम गरेको छ ।
खासमा नेपालको राजनीतिमा भारतीय प्रभावलाई उछिन्दै हिजोआज पश्चिमा शक्तिहरुको बढ्दो हस्तक्षेपले काम गरेको छ । संविधान घोषणाको मितिदेखि अहिलेसम्म आउँदा नेपालमा पश्चिमाहरुको प्रभावले नेपालको राजनीतिलाई चमत्कारिक परिवर्तन गरिदिएको छ ।
ओली सरकारको गठवन्धन छोडेर कांग्रेस गठवन्धनमा जाने निर्णयमा पुगेको एमाओवादी र यसका नेताहरु रातारात ओली सरकारलाई टिकाउने निर्णयमा पुग्न पश्चिमा शक्तिकेन्द्रको ठुलो हात रहेको छ ।
प्रचण्डको १८० डिग्रीको युटर्नमा पश्चिमा शक्तिको हात रहेको छर्लङ्ग भएको छ । विशेष सूत्रहरुले भन्छ –प्रचण्डलाई ओली छोडेर जान ठूलो आर्थिक चलखेल थियो भने ओली गठवन्धनलाई टिकाउन त्यो भन्दो ठूलो चलखेल भएको छ ।
जनपाटीले लेखेको थियो– ‘३२ करोडमा किनिएको प्रचण्डको राष्ट्रवाद’ भनेर । जुन राष्ट्रवाद प्रचण्डको नक्कली राष्ट्रवाद थियो । ओली गठवन्धनलाई छोड्न प्रचण्डलाई भारतीय दबाबसँगै ठूलो आर्थिक चलखेल पनि भएको थियो ।
जहाँ प्रचण्डलाई भारतले ३२ करोड दिएको उच्च स्रोतले जनपाटीलाई बताएको थियो ।
तर विहीबारको दिन भएको राजनीतिक र आर्थिक चलखेलले नेपालको राजनीतिक समीकरणले फेरि अर्को मोड लियो ।
विहीबार भएको राजनीतिक र आर्थिक चलखेलमा पश्चिमा शक्तिको हस्तक्षेपले ठूलो काम गरेको राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् ।
चुरो कुरो के भयो भने एमाओवादी अध्यक्ष प्रचण्डलाई रातारात राजनीतिक दबाबसँगै आर्थिक दबाबले काम गरेको बुझिएको छ ।
यस्तो हुनुमा पश्चिमाले एमालेमार्फत ५० करोडमा प्रचण्डलाई खरिद गरेपछि ओली गठवन्धनको सरकार केही समयका लागि टिक्न पुग्यो ।
ओली गठवन्धनका बलिया हस्ती वामदेव गौतम प्रचण्डकहाँ ५० करोड बोकेर गएपछि एकाएक राजनीतिक समीकरण बदलिएको हो ।
अहिलेको राजनीतिक समीकरणमा एमाओवादीले एमाले नेतृत्वको सरकारलाई कम्तिमा ४ महिना टिक्न दिने । त्यसपछि प्रचण्डको नेतृत्वमै नयाँ सरकार बनाउने सहमतिमा एमाले र एमाओवादी पुगेका छन् ।
यसरी ओली सरकार केही समयका लागि टिक्यो र प्रचण्डको राजनीतिक र आर्थिक चमत्कारले ठूलो काम ग¥यो ।
जनपाटीबाट साभार

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget