Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

इराकमा ५० भन्दाबढी सामूहिक चिहान फेला

वैशाख २५ – इराकमा ५० भन्दा धेरै सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । पहिले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको क्षेत्रमा ५० भन्दा धेरै सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसंघका दूत ज्यान कुबिसले बताउनुभयो । उहाँले राष्ट्रसंघको सुरक्षा परिषदमा यो आइएसले गरेको जघन्य अपराधको प्रमाण रहेको बताउनुभयो ।
आइएसको नियन्त्रणमा रहेका क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रण कायम गरेपछि पछिल्लो केही महिनामा यस्ता चिहान फेला पारिएको राष्ट्रसंघका दूत कुबिसले बताउनुभयो । पछिल्लो पटकमात्रै अप्रिलमा रमादी शहरमा ४० जनाको सामूहिक चिहान फेला परेको थियो । राष्ट्रसंघका दूत कुबिसले यस विषयमा अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिनुभएको छ । कुबिस इराकमा सहयोग मिसनका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि हुनुहुन्छ । आइएसका लडाकुको पारदर्शिता र उनीहरुले गरेका अपराधका बारेमा चनाखो हुनुपर्ने उहाँको भनाई छ ।
इराकी सेनाले गएको वर्षको डिसेम्बरमा रमादीबाट आइएसका लडाकुलाई लखेटेको थियो । आइएसका लडाकुले गएको वर्षको मेदेखि रमादीमा कब्जा जमाएका थिए ।
अहिले इराकमा सुधार हुँदै गएपनि मानवीय अवस्था अझै पनि खतरापूर्ण रहेको भन्दै मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । इराकमा मानवीय सहायताका लागि आवश्यक मध्ये एक चौथाइमात्रै उपलब्ध भएको उहाँको भनाई छ ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget