Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भारतमा २४ घन्टाभित्र दुई पत्रकारको हत्या

timthumb
याँ दिल्ली, १ जेठ । भारतको पूर्वी क्षेत्रमा गएको २४ घन्टाभित्रै दुई जना पत्रकारको हत्या भएको छ । बिहार र झारखण्डमा बिहीबार राति र शुक्रबार राति गरी दुई जना पत्रकारको हत्या भएको छ ।
पत्रकारका लागि असुरक्षित मानिने एक एसियाली देश भारतमा हुने गरेका पत्रकार विरुद्धको हिंसाको यो पछिल्लो शृंखला भएको सञ्चारमाध्यममा आएको छ ।
प्रहरी र स्थानीय सम्वाददाताहरुले दिएको जानकारी अनुसार २४ घन्टायता पूर्वी भारतीय क्षेत्रमा यी दुई सम्वाददाता अज्ञात व्यक्तिको गोलीको निसाना बनेका हुन् ।
मारिनेमा एकजना राजदेव रञ्जन हुन् । उनी हिन्दी भाषाको पत्रिका हिन्दुस्तान दैनिकका स्थानीय ब्युरो प्रमुख हुन् । उनी बिहारका स्थानीय हुन् ।
उनी शुक्रबार राति मोटर साइकलमा आफ्नो घरतर्फ जादै गर्दा अज्ञात व्यक्तिले बिहारमा गोली हानी उनको हत्या गरेका थिए ।
उक्त पत्रिकाका स्थानीय सम्वाददाताहरुले दिएको जानकारीअनुसार उनलाई एक समूहमा रहेका व्यक्तिले निशाना बनाएका थिए ।
उनको शरीरमा पाँच वटा गोली लागेका देखिएको प्रहरीले जनाएको छ । उनलाई निकै नजिकबाटै गोली हानिएको छ– उनका एकजना साथीले भनेका छन् ।
हामीले चाँडै नै अस्पताल त पु¥यायौँ तर बचाउन सकेनौँ, उनले भने । उनलाई अस्पताल पु¥याउनासाथै मृत घोषित गरिएको सिवान जिल्लाका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।
त्यस्तै मारिने अर्का पत्रकार अखिलेस प्रताप सिंह हुन् । उनी टेलिभिजन पत्रकार हुन् । उनलाई पनि बिहीबार मोटरसाइकलमा आफ्नो घरतर्फ जाने क्रममा नै अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
उनको हत्या झारखण्डमा भएको थियो । पत्रकार सिंह झारखण्डकै स्थानीय पत्रकार हुन् ।
झारखण्डका एकजना वरिष्ठ प्रहरी अधिकारी उपेन्द्र प्रसादलाई उद्धृतगर्दै भारतीय पत्रिका इन्डियन एक्सप्रेसले सो समाचार दिएको छ ।
उक्त पत्रिकासँग उपेन्द्रले भनेका छन्– पत्रकार सिंहको हत्याराको बारेमा अझैपनि पत्ता लागेको छैन र ती हत्यारा पनि मोटर साइकलमा आएका थिए भन्ने बारेमा भने हामीले थाहा पाएका छौँ ।
यी दुवै पत्रकारका हत्यारा पक्राउ गर्न सकिएको छैन । प्रहरीले हत्याको आरोपमा केही व्यक्तिाई नियन्त्रणमा लिइएको भएपनि हत्यारा पक्राउ पर्न सकेका छैनन् भनेको छ ।
भारतमा पत्रकारहरु धेरै मारिने गर्छन् । पेरिसमा केन्द्रीय कार्यालय रहेको विश्वका पत्रकारहरुको सुरक्षासम्बन्धी एक अन्तर्राष्ट्रिय संस्थाले भारतलाई पनि पत्रकारको असुरक्षित स्थल भनेको छ ।
भारतमा समाचार लेखेकैका कारणले पत्रकारको ज्यान जाने गरेका समाचारहरु यसअघि पनि आउने गर्दथे । रासस/एएफपी
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget