शाही युवा शक्ति नेपालले छिटोभन्दा छिटो राजतन्त्र पूर्नवहाली गर्नुपर्ने भन्दै आगामी बैशाख ३० गते नेपाल बन्द गर्ने चेतावनी दिएको छ ।
शाही युवा शक्ति नेपालले बैशाख ३ गते मोटरसाईकल ¥याली, काठमाडौं, ललितपुर र भक्तपूरमा गणतन्त्रको सशक्त विरोध गर्न सभा आयोजना गर्ने, जेठ १५ गते गणन्त दिवसको अवसर पारेर खुल्लामञ्चमा बृहत्त सभा गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु अघि सारेको छ ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति (आर.वाई.पी)ले राजा ज्ञानेन्द्रसँग प्रमुख राजनीतिक दल भनाउँदाहरुले तत्कालिन अवस्थामा गरेको सम्झौताहरु कार्यान्वयन नगरेको बरु विदेशी डलरमा राष्ट्रियता बेचेको भन्दै शीर्ष नेताहरुलाई खबरदारी गर्न नेपाल बन्द लगायतका बृहत्त विरोधका कार्यक्रमहरु अघि सारेको बताएको हो ।
Post a Comment