विराटनगर, १७ जेठ । मोरङमा लागुपदार्थ १८ किलो गाँजासहित प्रहरीले आइतबार सेकुवा कर्नरका सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ ।
कटहरीस्थित पुल छेउमा को १६प ९१४७ नंको स्कुटीमा सवारद्वय उदयपुर हरदिने–७ का २६ वर्षीया रचना तामाङ र धनकुटाको छिन्ताङ–८ का ३२ वर्षीया शर्मिला बिसुन्केलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुले बोकेको झोलामाथि शङ्का लाग्दा प्रहरी टोलीले जाँच गर्दा सात थैला गरी १४ किलो गाँजा बरामद भएको हो । प्रारम्भिक अनुसन्धानपछि उनीहरुले जानकारी गराएका आधारमा कटहरि–९ मा सञ्चालित सेकुवा कर्नरमा प्रहरीको टोलीले खानतलासी गर्दा चार किलो गाँजा बरामद भएको हो ।
उक्त कर्नरका सञ्चालक आशनारायण माझी, थारु र उनकी श्रीमती सुशीला कार्कीलाई पनि प्रहरीले पक्राउ गरी आवश्यक कारबाही सुरु गरेका छन् । ती महिलाबाट कर्नरका सञ्चालक माझीले गाँजा खरिद गर्ने गरिएको बताइएको छ ।
विगत १५ दिनमा विराटनगरको विभिन्न ठाउँबाट प्रहरीले ३९ किलो गाँजा बरामद गरेका छन् । रासस
Post a Comment