Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

राष्ट्रपतिको पहिलो भारत भ्रमण रद्द

काठमाडौं, २४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अचानक रद्द भएको छ ।

वैशाख २७ देखि ५ दिनका लागि तय भएको राष्ट्रपतिको भारत भ्रमण अन्तिम समयमा आएर रद्द भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
उनले भने– ‘भ्रमणको सबै तयारी पुरा भइसकेको थियो । मन्त्रिपरिषदबाट निर्णय हुन बाँकी थियो । तर, आज अचानक रद्द गरियो ।’ भ्रमणबारे मन्त्रिपरिषदले समयमै निर्णय नगर्दा रद्द भएको अधिकारीको भनाई छ ।
अधिकारीले मन्त्रिपरिषदको निर्णयमा ढिलाई हुँदा राष्ट्रपतिको भारत भ्रमण रोकिएको बताएपनि यसमा विश्वस्त हुने आधार छैन् । किनकि अहिले सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको छ । राष्ट्रपति भण्डारी एमालेका पूर्व नेतृ हुन् । त्यसो हुँदा भण्डारीको भ्रमण केपी शर्मा ओली नेतृत्वको सरकार रोक्ने कुरै हुँदैन् ।
दिल्लीको हात
भ्रमण रोक्ने कारणमा धेरैले शंका गर्ने कारण भनेको दिल्ली नै हो । जून धेरै हदसम्म मिल्छ । यसलाई धेरै बदला लिएको पनि भनेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने भारतको प्रयास असफल हुनु, नरेन्द्र मोदी नेतृत्वको सरकार र ओली सरकारबीच मतभेद कायमै रहनु, सम्बन्धमा सुधार नहुनु, सरकार परिवर्तन गर्न खोज्ने भारतको कदमलाई कारण मानिएको छ ।
प्रधानमन्त्री निकट एक नेताका अनुसार सरकार ढाल्न भारतले षडयन्त्र गरेपछि नेपालकै पहलमा राष्ट्रपतिको भ्रमण रद्द गरिएको हो । उनी भन्छन्- ‘राष्ट्रपतिको भ्रमणलाई दुई देशबीचको सम्बन्धमा सुधार आएको संकेतका रुपमा बुझिएको थियो, तर सरकार परिवर्तनको षडयन्त्रले त्यो देखिएन् ।’
यसैबीच भ्रमण रद्द गरिएको सूचना परराष्ट्र मन्त्रालयले भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायलाई पठाइसकेको छ ।
राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा भारत जाने तय भएको थियो भने मध्यप्रदेशको उज्जैनमा आयोजना हुने कुम्भ मेलामा पनि सहभागी हुने तय भएको थियो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget