Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अब नेपालमा रेल आउछ,आउछःप्रधानमन्त्री ओली

काठमाडौं १, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षभित्र नेपाल रेल ल्याउन अब कसैले पनि नरोक्ने बताउनु भएको छ ।
युवा संघ नेपालको२६ औं स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनबाट काठमाडौंसम्म रेल ल्याउनका लागि अब लिक बनाउन मात्र बाँकी रहेको भन्दै मुलुकलाई रेलमय बनाउन आफूलाई कसैले रोक्न नसक्ने बताउनुभयो । उहाले भन्नुभयो  ‘अब नेपालमा रेल आयो, आयो ।’
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको विरोधबाट आफू पछाडि नहट्ने बताउनु भयो । विदेशमा रेल चलाउन हुन्छ भने नेपालमा किन नहुने भन्ने प्रश्न गर्दै पाँच वर्षभित्र चीनको केरुङदेखि काठमाडौं तथा काठमाडांैदेखि पोखरा र लुम्बिनीसम्म सरकारले नै रेलमार्ग बनाउने दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सिंहदरबार घेराउ आन्दोलनलाई गर्मीका बेला रुखको छहारी खोजेर हिँडेजस्तै भनी टिप्पणी गर्नुभयो । आन्दोलनमा मधेशी जनताले साथ नदिएपछि मोर्चाले संघीय गठबन्धनका नाममा सिंहदरबार घेराउको कार्यक्रम राखेको भन्दै मोर्चाको आन्दोलन र गर्मीका बेला रुखको छहारी खोजेर हिँड्ने प्रवृत्ति उस्तै भएको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले जायज माग सम्बोधनका लागि सरकार सदैव तयार रहेको भन्दै आन्दोलन छोडेर वार्तामा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गर्नुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget