
धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत कालिङपोङको शेर क्लकलाई पुलिसले ३–० गोल अन्तरले हराउदै सेमी फाइनलमा प्रवेश गरेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा पुलिसका तर्फबाट खेलको ४० औं मिनेटमा जर्सी नं। २ का रविन श्रेष्ठले गोलको खाता खोलेका थिए । यस्तै खेलको ७१ औ मिनेटमा जर्सी नं। १५ का भरत साहले थप एक गोल गरी खेल २–० ले अग्रता लिएको थियो । गोलसंगै हौसिएका पुलिसले गोलको धेरै मौका गुमाएपनि खेलको ८३ मिनेटमा हेम तामाङले थप १ गोल गर्दै आफ्नो समुहलार्इ अग्रता दिलाएका थिए ।
पहिलो हाफको खेलमा शेर क्लबले पुलिसलाई केही समय दबाबमा राखे पनि भर्खरै विराट गोल्डको उपाधि जितेका पुलिसले उच्च मनोबलका साथ बिपक्षीलार्इ दबाब दिदै खेललार्इ जितमा परिणत गरेको थियो । खेलको म्यान दि म्याच पुलिसका हेम तामाङ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी र प्रमाणत्र समेत हात पारे ।
विजेता पुलिस र रुपन्देही ११को भेट फाइनलका लागि २० गते विहीबार भेट पक्का भएको छ । भोलिको पहिलो सेमी फाइनल खेल गत सालको उपविजेता टिम मनाङ
Post a Comment