Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

औषधि कम्पनीमा छापा, ४ पक्राउ

काठमाडौँ, फाल्गुन २२ गते  । चर्को मूल्यमा औषधि बिक्री गरी कालोबजारी गरेको आरोपमा प्रहरीले दुई कम्पनीमा छापा मारी ४ जनालाई पक्राउ गरेको छ।

pradeep_jung_pandey

महानरीय प्रहरी परिसरको टोलीले राजपत्रमा अंकित गरिएभन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा देउराली जनता फर्मास्युटिकल र लोमस फर्मास्युटिकल्समा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाले चर्को मूल्यमा औषधि बिक्री गरेको लिखित तथा मौखिक उजुरी आएपछि छापा मारिएको बताए।

पक्राउ पर्नेमा लोमसका सञ्चालक प्रज्वल पाण्डे, प्रवलजंग पाण्डे र देउरालीका उपाध्यक्ष निगुमराज आचार्य र प्रबन्धक नीलराज आचार्य छन्। लोमस नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको कम्पनी हो भने देउराली उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माको हो।

‘सरकारले निर्धारण गरेको मूल्यभन्दा एक सय प्रतिशतले वृद्धि गरेर बिक्री गरेको पाइयो,’ एसएसपी थापाले भने, ‘कालोबजारी गरेर जनताको स्वास्थ्यमा खेलवाड गर्ने कसैलाई पनि छोडिँदैन।’

कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने उनले बताए। कम्पनीको केन्द्रीय कार्यालयमा पुगेर प्रहरीले छानबिन गर्दा निर्धारित मूल्यभन्दा बढीमा बिक्री गरी औषधि बेचिरहेको पाइएको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले शुक्रबार बिज्ञप्ति जारी गर्दै सरकारले प्रहरी प्रशासनको आडमा औषधि व्यवसायमाथि धरपकड गरेको आरोप लगाएको छ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget