Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

परमाणु हमलाका लागि तयार

उत्तर कोरिया, फाल्गुन २१ गते । उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु हतियार जुनसुकै बेला प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखिएको बताएका छन् । उनले उत्तर कोरियाली सेनाका अधिकारीहरुसँग कुरा गर्दै परमाणु हमलाका लागि तयार रहनुपर्ने बताए ।

jongun1

अमेरिकालगायत विरोधी देशहरुले उत्तर कोरियाको अस्तित्वलाई धम्की दिइरहेको दाबी गर्दैउनले आफूहरुको सम्प्रभूताको रक्षाका लागि परमाणु क्षमतामा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । अहिले जटिल परिस्थिति सिर्जना भइरहेको उनको भनाई थियो ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दी गर्ने निर्णय गरेलगत्तै उनको यो अभिव्यक्ति सार्वजनिक भएको कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ । सुरक्षा परिषद्ले परिमाणु परीक्षण र मिसाइल प्रक्षेपण गरेको भन्दै उत्तर कोरियाविरुद्ध नाकाबन्दी लगाएको थियो । त्यसलगत्तै उत्तर कोरियाले ६ वटा कम दुरीमा मार हान्ने मिसाइल प्रक्षेपण गरेको थियो ।

किम जोङ उनको अभिव्यक्तिप्रति अमेरिकाले प्रतिक्रिया जनाएको छ । पेन्टागनका प्रवक्ता कमान्डर बिल अर्वानले उत्तेजक कामहरु नगर्न कोरियालाई आग्रह गर्दै आफूहरु उत्तर कोरियाको भनाईप्रति भन्दा अन्तर्राष्ट्रिय दायित्वमा केन्द्रीत रहने बताए ।

 
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget