Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तिब्बत जोड्ने दोस्रो रेल सञ्जाल बनाउँदै चीन


एजेन्सी , फागुन २३ गते | चीनले राजधानी बेइजिङ जोड्ने गरी दोस्रो रेल सञ्जाल निर्माण गर्ने तयारी गरेको छ । तिब्बतसँग जोड्ने दोस्रो रेल सञ्जाल निर्माण अभियानमा चीन लागेपछि त्यसलाई भारतमा खतराको सूचकको रुपमा हेरिएको छ ।

rel



चीनले हिमालय क्षेत्र अन्तर्गतको तिब्बतलाई देशको अन्य भागमा जोड्नका लागि दोस्रो रेल सञ्जाल जोड्ने प्रोजेक्ट अघि बढाएपछि भारतमा चिन्ता बढेको हो ।


यो दोस्रो रेल सञ्जालले केबल चीनको तिब्बतलाई मात्र जोड्ने छैन, अर्कातिर उसको सीमामा सैनिकलाई तुरुन्त पुर्याउने रणनीतिक विकल्प बन्ने भएपछि भारतमा यसले चिन्ता बढाएको हो ।


राष्ट्रिय अर्थव्यवस्था र सामाजिक विकासमाथि १३ औं पञ्चवर्षीय योजना (वर्ष २०१६देखि २०२०) को मस्यौदा प्रारूपमा भनिएको छ, 'नयाँ रेल सञ्जाल तिब्बत स्वायत्तशासित क्षेत्रको राजधानी शहर ल्हासा र दक्षिण पश्चिमी चीनको सिचुआन प्रान्तको राजधानी चेन्गदुको बीचमा बनाइनेछ ।'

यो मस्यौदाको प्रारूप विचारका लागि राष्ट्रिय विधायिकालाई बुझाइएको छ । त्यहाँबाट अनुमति मिलेपछि यो योजना यसै सालबाट कार्यान्वयनमा आउनेछ ।


अहिले किंघाईबाट नेपाली सीमा र भारतसँग जोडिएको तिब्बतलाई रेल सञ्जालले जोडेको छ । यसको निर्माण सन् २००६ जुलाईमा मा शुरु भएको थियो । जम्मा एक हजार नौ सय ५६ किलोमिटर लामो यो रेल सञ्जाल संसारकै सबैभन्दा उचाईबाट गुज्रने सबैभन्दा लामो पठारी रेलमार्ग हो ।


ल्हासा आएको यो रेल सञ्जाललाई त्यसपछि तिब्बतको भित्री भाग हुँदै नेपाल र भारतको सीमाना नजिकसम्म ल्याइएको छ ।रेलवेको विस्तारसँगै चीनले हिमालय क्षेत्रमा पाँचवटा ठूला हवाई अड्डा पनि बनाइसकेको छ ।


तिब्बतमा सडक, रेल र हवाई सेवाको विस्तारबाट चीनको सीमाक्षेत्र भारतको अरुणान्चल प्रदेश र नेपालको सीमाक्षेत्रमा विकास अभियानका लागि सैनिक तथा श्रमिकलाई चाँडो ल्याउन चीनलाई सजिलो हुनेछ । चीनले भारतमा रहेको अरूणांचल प्रदेशलाई पनि दक्षिणी तिब्बतको भाग दाबी गर्दै आएको छ । - अन्नपूर्ण पोस्ट्ब्ट

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget